काठमाडौं बैशाख ५ ।

नेपाल आदिवासी जनजाति मातृभाषीको तर्फबाट पाइला फिल्मस प्रा.लि.पोखराको ब्यानरमा निर्मित गुरुङ चलचित्र मि न्होर्बै टू ले विशेष चलचित्र अवार्ड २०७६ र मुनाल फिल्मस प्रा.लि पोखराको ब्यानरमा निर्मित गुरुङ चलचित्र पचे गोरे उत्कृष्ट चलचित्र अवार्ड २०७७ बाट पुरस्कृत भएकोा छन् ।
आइतबार राष्ट्रपति कार्यालय शितल निवासमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नेपाल चलचित्र बिकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र २०७६र७७ तथा दीर्घ साधना सम्मान समारोहमा पुुरस्कृत गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट वितरण गरिएको पुरस्कार पाइलाबाट प्रतिनिधित्व गर्दै आश बहादुर गुरुङ र मुनालबाट प्रतिनिधित्व गर्दै भोज बहादुर गुरुङले ग्रहण गरेका थिए ।
यसरी पुरस्कृत भएका चलचित्र मि न्होर्बै टू को कथा लेखन तथा निर्देशक उमान सिङ गुरुङ माओत्सेतुङ हुन भने यसलाई राज कुमार गुरुङ, बुद्ध गुरुङ, अमीर गुरुङ र आश गुरुङले संयुक्तरूपमा लगानी गरेका थिए । यसैगरी चलचित्र पचे गोरेको कथा लेखन तथा निर्देशक गोरे गुरुङ हुन भने यसलाई ज्ञाम गुरुङ, श्री गुरुङ, दिल घले र गोरे गुरुङले संयुक्तरूपमा लगानी गरेका थिए ।
पछिल्लो समय गुरुङ चलचित्रहरुले पनि राष्ट्रिय अवार्डमा स्थान पाउन थालेपछि निर्देशक निर्माताहरुले धन्यवाद व्यक्त गरेका छन् ।






