नेपाली संरक्षणकर्मी सोनाम टासी लामाले बेलायतमा जिते ह्वीटली अवार्ड

SHARE:

लन्डन २८ अप्रिल २०२२ । नेपाली संरक्षणकर्मी सोनाम टासी लामाले बेलायतको संरक्षण परोपकारी संस्था ह्वीटली फण्ड फर नेचरबाट ४० हजार पाउण्डको ह्वीटली अवार्ड जितेका छन् ।

लामासँगै अन्य पाँच जनालाई सो अवार्ड ह्वीटलीकी संरक्षक प्रिन्सेस रोयलले बुधकार प्रदान गर्नुभयो । अवार्ड वितरण समारोहमा ह्वीटलीका ट्रष्टी तथा प्रख्यात ब्रोडकास्टर सर डेभिड अट्टनबोरो पनि उपस्थित हुनुहुन्थ्यो । लामाले सो अवार्ड कंचनजंघा क्षेत्रमा रातो पाण्डाको संरक्षणमा स्थानीयबासीलाई संलग्न गराउन तथा सामाजिक आर्थिक रुपमा जोखिममा रहेका स्थानीयहरुलाई दीगो आयआर्जनको अवसर सिर्जना गराउन प्रयोग गर्ने बताएका छन् । लामा समुदायमा आधारित रेडपाण्डा संरक्षणमा कन्चनजङ्घा क्षेत्रमा लामो समयदेखि क्रियाशील छन् ।

ह्वीटली अवार्ड संरक्षण क्षेत्रमा प्रतिष्ठित अवार्ड हो। सो अवार्ड जैविक विविधता र वातावरण संरक्षण तथा मानव जातिको भलाई लागि स्थानीय समुदायमा नेतृत्वदायी भूमिका खेल्ने व्यक्तिहरुलाई दिइन्छ । लामा लामो समयदेखि रेड पाण्डा नेटवर्कमा आवद्ध छन् । नेटवर्कले रेडपाण्डालाई जीपीएस कलर लगाई उनीहरुको अनुसन्धान गर्ने, पाण्डाको प्राकृतिक वासस्थानको संरक्षण र पुनर्स्थापना गर्ने तथा स्थानीयबासीलाई पाण्डाको संरक्षणमा लगाउने कार्य गरिरहेको छ । साथै विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गर्ने गरेको छ ।

नेपालमा सन् २०२१ मा ३७ वटा रेड पाण्डाका अवैध छाला जफत भएको छ । यो हालसम्मकै सबैभन्दा धेरै रेड पाण्डाको छाला बरामद गरिएको रेकर्ड हो । एक अध्ययनले नेपालमा हरेक १० दिनमा एउटा रेड पाण्डाको अवैध शिकार हुने गरेको देखाएको छ । बासस्थान बिनासले विश्वभर करिब १० हजारको सङ्ख्यामा दुर्लभ रेड पाण्डाको अस्तित्व नै खतरामा पुर्‍याएको छ ।

लामाले हवीट्ली अवार्डलाई नर्सरीहरुको स्थापना तथा बासस्थान पुनर्स्थापनास् अभियानमार्फत समुदायमा महिला तथा युवाहरुको आयस्रोत बढाउने कार्य गरी स(सानो टुक्रामा बिभाजित रेड पाण्डाको बासस्थान पुनर्स्थापनागरी बन्यजन्तुको आवत(जावत गर्ने मार्ग स्थापना गर्न प्रयोग गर्ने बताइएको छ । यसले रेड पाण्डाको खण्डित बासस्थानलाई पुन जोड्ने छ । यस्तै लामाले वन्यजन्तुको अवैध चोरी सिकार नियन्त्रण गर्न स्थानीयबासीहरुको नेतृत्वमा अनुगमन तथा गस्ती र जनचेतनामूलक कार्यक्रमहरु पनि संचालन गर्नेछन् ।

ह्वीटली फण्ड फर नेचर्सका निर्देशक ड्यानी पार्क्स हवीट्ली अवार्डले सोनामलाई दुर्लभ रेड पाण्डाको चोरी शिकार र अबैध व्यापारले उत्पन्न भएको विकराल समस्याहरुलाई सम्बोधन गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे । रेडपाण्डा एकदमै आकर्षक, सबैले मन पराउने तथा स्थानीयहरुले आफ्नो प्रतीकको रुपमा लिने अन्तर्राष्ट्रिय जगतमा ख्यातिप्राप्त जनावर भएको र रेडपाण्डाको संरक्षणले हिमाली क्षेत्रमा रेड पाण्डाको वरपर सदियौँदेखि बसोवास गर्दै आएको समुदायहरुलाई पनि फाइदा पुर्याउने उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!