जनताले मेरो काम देखेका छन्, त्यसैले चुनाव जित्ने विश्वास छ : ठूलोकान्छा तामाङ

SHARE:

सुनापति गाउँपालिका वडा नं. ५, खनियापानीका स्थायी वासिन्दा ठूलोकान्छा तामाङ स्थानीय तह निर्वाचनमा सुनापति गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ। पञ्चायतविरोधी आन्दोलनमा सक्रिय रहँदै २०४३ सालदेखि नै राजनीतिक यात्रा सुरु गर्नुभएका तामाङले बहुदल पक्षधरको तर्फबाट वडा नं. ३ को अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । १३ भोटले हार व्यहोर्नु परे पनि राजनीतिको नशा भने उहाँमा बढ्दै गयो । ०४६÷४७ सालको जनआन्दोलनका बेला काठमाडौं उपत्यकामा बसेर उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो, आन्दोलनकारीलाई साथ दिएर । राष्ट्रिय जनमोर्चामा आवद्ध उहाँ ०५१ को मध्यावधि चुनावपछि भने काठमाडौंमा सामान्य जीविकोपार्जन गरी बस्नुभयो । राजनीतिक उतारचढावका बीच उहाँ नेकपा मालेमा पनि आवद्ध हुनुभएको थियो । ०५७ सालतिर माओवादी पार्टीसँग सम्पर्क भएपछि उहाँ पार्टीको जातीय मोर्चा तामाङ मुक्तिमोर्चामा आबद्ध भएर पार्टीलाई आर्थिक र भौतिक रुपले सहयोग गर्न थाल्नुभयो ।

०६३÷६४ मा रामेछाप–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष बन्नुभएका उहाँ २०७४ को स्थानीय निर्वाचनमा सुनापति गाउँपालिका वडा नं. ५ को अध्यक्ष बन्नुभयो । राजनीतिक, वैचारिक रुपले पार्टीलाई साथ सहयोग गर्दै आउनुभएका उहाँले पार्टीप्रति गरेको योगदान र इमान्दारिता, जनताप्रतिको उत्तरदायीका कारण माओवादी केन्द्रले उहाँलाई सुनापति गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ । अध्यक्षका उम्मेदवार ठूलोकान्छा तामाङसँग स्थानीय तह निर्वाचनका सन्दर्भमा केन्द्रीत रहेर गरिएको कुराकानीः

सुनापति गाउँपालिकाका विशेषताहरु के–के हुन् ?
सुनापति गाउँपालिकाभित्रै गाडीमा आधा घण्टाका दूरिमा माथि चिसो र पहाड छ भने तल सुनकोशी नदी, चौरी खोलाले छुने ठाउँ छ जहाँ गर्मी हुन्छ । यहाँ सुनापति डाँडा छ जहाँबाट काठमाडौं देख्न सकिन्छ । यहाँ १०८ स्तुपा, गुफाहरु पनि संरक्षणका पर्खाइमा रहेका छन् । यिनलाई संरक्षण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरु आउन सक्ने थिए ।
यस गाउँपालिकाको माथिल्लो भेगमा स्याउ फल्छ, सुन्तला, आलु फल्छ भने तल्लो भेगमा गाईभैसी पालन हुन्छ । आँप, लिचीहरु फल्छन् । यहाँका हावापानी, माटोअनुसार कृषि क्षेत्रमा पनि काम गर्न सकिन्छ ।

तपाईका जितका आधार के–के हुन् ?
म पहिला पनि वडा अध्यक्ष भइसकेको हुँ । पछिल्लो पाँच वर्षमा हामीले जनतालाई बढी भन्दा बढी सेवा सुविधा दिने तरिकाले अहोरात्र काम गरिरह्यौं । ती सबै पूर्ण भइसकेका छैनन् । त्यो कामलाई जनताले देखेका छन् । मनन् गरेका छन् । हामीले गरेका राम्रा कामलाई जनताले स्वागत गरेका छन् । हामीले पहिले भोट माग्न जाँदा गरेको प्रतिवद्धता करिब ९० प्रतिशत पूरा गर्दै आएका छौं । अब पनि बोलेका कुराहरु पूरा गर्नेछौं, त्यसैले अब पनि माओवादीले जित्नुपर्छ ।

अघिल्लो निर्वाचनमा यस पालिकामा माओवादीले जितेको थियो, जनता कत्तिको सन्तुष्ट छन् ?
यस पालिकामा अघिल्लो पटक अध्यक्ष र उपाध्यक्ष माओवादीले जित्नुभएको थियो । उहाँहरुले जनचाहना बमोजिम अहोरात्र काम गर्नुभयो । सडक, यातायात, विद्युत, स्वास्थ्य, शिक्षालगायतका मानिसका आधारभूत आवश्यकताहरुलाई पूरा गर्न निकै मेहनत गर्नुभयो । जनता माओवादीसँग खुशी छन् । उनीहरु हामीलाई नै चाहन्छन् ।

तपाईलाई भोट किन दिनुपर्ने ?
सुनापति गाउँपालिकामा म यसअघि वडा नं. ५ को अध्यक्ष भइसकेको हुँ । हामीले यस पालिकालाई समृद्धितर्फ अगाडि बढाउने काम गरेका छौं । सडक विस्तार, स्वास्थ्य, शिक्षा, विद्युत, खानेपानी लगायतका क्षेत्रमा समेत हामीले काम गरिरहेका छौं । पहिला सिटामोल किन्नका लागि घण्टौं हिड्नुपर्ने बाध्यता थियो । स्थानीय सरकार बनेपछि हामीले जनताको त्यो बाध्यता हटाएका छौं । मेरै वडाको कुरा गर्ने हो भने दुई वटा स्वास्थ्य सेवा भवन छ । जनतालाई सानोतिनो रोग लागे त्यही उपचार हुन सक्छ । घर–घरसम्म सडक विस्तार गरेका छौं, केही स्थानमा पीच पनि गरेका छौं । त्यसैले पछिल्लो पाँच वर्षमा हामीले जति काम गरेका छौं, त्यतिले समृद्धि पर्याप्त छैन । अझै धेरै काम गर्न बाँकी छ । त्यसका लागि माओवादी नेतृत्व अगाडि आउन जरुरी छ ।

यस पालिकामा भ्रष्टाचारको अवस्था के–कस्तो छ ?
भ्रष्टाचार भनेको हुनुभन्दा बढी अफवाह हुँदो रहेछ । एउटा पार्टीले नेतृत्व गरिरहेका बेला अर्काे दलले भ्रष्टाचार भयो, ग¥यो भन्ने आरोप लगाउँदो रहेछ । यदि भ्रष्टाचार गरेको हो, विकासका कुनै पनि काम गरेको होइन भने जनताले थाहा पाइहाल्छन् नि । निर्वाचनमै हामीलाई देखाइहाल्छन् । हामीले चुनाव जित्नै सक्दैनौं । कोही विपक्षीलाई मन नपरेर भ्रष्टाचार गरेको आरोप लगाउँछन् भने निर्णायक जनता हुन् । घर–घरमा पत्रकार छन्, शिक्षित छन्, कुन काम कति लागतमा बन्छ भन्ने कुरा सबैलाई थाहा छ । हामीले भ्रष्टाचार गरेका छैनौं, गर्दा पनि गर्दैनौ र गर्न पनि दिने छैनौं ।

प्रस्तुति : पुष्पा महरा

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!