बेलायत ०७ मे २०२२। बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, उनका धर्मपत्नी सुनिता आचार्य र दूतावासका द्वितीय सचिव रामबाबु नेपाललाई मगर संघ यूकेले बेलायतको फार्नबोरोस्थित मगर भवनमा भव्य स्वागत गरेको छ ।
स्वागत कार्यक्रममा मगर संघ युकेका पूर्वअध्यक्ष सुनिल रानाले दुतावाससँग लामो समयदेखिनै सहकार्य गर्दै आएको कुरा अबगत गराउदै नेपाल सरकारले लखन थापा मगरलाई नेपालको प्रथम शहिद घोषणा गरे पश्च्यात मगर संघ युकेले सन् २०१६ को फेब्रुअरी महिनामा नेपाली दुतावास लन्डनमा लखन थापाको फोटोसहित ज्ञापन बुझाएको स्मरण गराउदै लखन थापालाई पनि दुतावासले मनाउने सहिद दिवसमा समाबेश गरिदिनको लागि पुन: ज्ञापनपत्र बुझाएका छन ।

सो कार्यक्रममा महामहिम आचार्यले नेपालका प्रथम शहिद लखन थापाको फोटो दुतावासको उपयुक्त स्थानमा सम्मानपुर्बक स्थान दिने आस्वाशन दिएका छन् । महामहिमले बेलायतवासी मगरहरुले नेपाली कला, संस्कृति, भेषभुषा र भाषाको संरक्षण गरेकोमा खुशी व्यक्त गरेका छन् । मगर संघ युकेका नबनियुक्त कार्समितिलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
मगर संघ युकेका अध्यक्ष सीता पुनमगरले महामहिम आचार्यज्युलाई स्वागत गर्दै उनको बेलायत बसाइ र सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छिन् । उनले नेपाली दूतावास लन्डन सम्पूर्ण नेपालीहरुको मुलघर रहेको बताउदै महामहिमले सम्पूर्ण नेपालीहरुको अबिभाबकको भूमिका निर्बाह गर्ने विश्वास गरेकी छिन् ।

मगर संघ युकेका अध्यक्ष सीता पुनमगरले अध्यक्षता गरेको कार्यक्रमलाई संस्थाका वरिष्ठ अध्यक्ष लाल पुनमगरले स्वागत मन्तब्य दिएका थिए भने महासचिब गुमान सिङ्ग थापाले संचालन गरेका थिए। स्वागत कार्यक्रममा संस्थका पुर्ब अध्यक्षहरु, ट्रष्टीहरु, शाखा समितिका अध्यक्षहरु, कार्समितिका सदस्यहरु, मगर महिला संघ युकेका अध्यक्ष बिष्णु श्रीस, पुन समाज युकेका पूर्वअध्यक्ष एक पुनलगायतको उपस्थिति थियो ।






