सिसेक्पा तङ्गनाम आउँदो शनिबार, कियाचुद्वारा जग्गा खरिद गरेको जानकारी

SHARE:

–एटा संवाददाता
लन्डन । किराँत लिम्बुहरुको मुख्य पर्व सिसेक्पा तङ्गनाम विविध कार्यक्रमका साथ आउँदो शनिबार १४ जुलाईका दिन फेल्थाम कम्युनिटी हलमा मनाउने भएको छ । किराँत याक्थुङ्ग युके (कियाचु) द्वारा गत आइतबार साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।

सिसेक्पा तङ्गनामका संयोजक एवं कियाचु युकेका वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङ्गले लिम्बुहरुको सिसेक्पा तङ्गनाम (साउने संक्रान्ति) मुख्य चारवटा पर्व मध्येको एक भएको बताउँदै आपूmहरुले सो पर्वलाई विगत १० वर्षदेखि मनाउँदै आएको जानकारी दिए । उनले कार्यक्रममा कियाचु शाखाहरुबीच च्याब्रुङ्ग र धान नाचको प्रतिस्पर्धा गराइने, उत्कृष्ट लिम्बु पोशाकधारीलाई पुरस्कार सहित सम्मान गरिने, लिम्बु समुदायले प्रयोग गर्दै आएका परम्परागत सामग्रीहरु प्रदर्शन गरिने र उच्च शिक्षा हासिल गर्नेहरुलाई सम्मान गरिने बताए । साथै, उनले सो कार्यक्रममा चुम्लुङ्ग अवार्ड, यलम्बरहाङ्ग अवार्ड र श्रीजंगा अवार्ड समेत प्रदान गरिने जनाए ।

५००० जनाभन्दा बढी सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रममा रेष्टुरेण्टलगायत करीब २० वटा व्यापारिक स्टलहरु रहने छन् । त्यस्तै, स्वास्थ्य र सुरक्षालाई बिशेष ध्यान दिँदै सेक्युरिटी, एम्बुलेन्स र स्वयंसेवकहरुको व्यवस्था गरिएको जनाए ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न हुन लागेको सो सिसेक्सा तङ्गनाममा प्रवेश शुल्कवापत ५ पाउण्ड र कार पार्कवापत २ पाउण्ड तोकिएको कियाचुले जनाए ।

सो पत्रकार सम्मेलनमा कियाचु युकेले मेडिस्टोन बरोको याल्डीङ्गमा हालै खरिद गरेको २५.३ एकड क्षेत्रफल रहेको जग्गाको बारेमा जानकारी गराइएको थियो । सो जग्गामा बार्षिक २८ वटासम्म कार्यक्रम गर्न सकिने बताउँदै अर्को बर्षको सिसेक्पा तङ्गनाम सोही जग्गामा गरिने जनाए । ३००० स्क्वायर फीटको भवनमा समेत रहेको सो जग्गा ३ लाख २५ हजार पाउण्डमा खरीद गरिएको जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गी, वरिष्ठ उपाध्यक्ष श्याम लुईटेल, सचिव पूर्ण गुरुङ र पत्रकार बाचस्पति रेग्मीलाई उपाध्यक्ष बिमला सेनेले सिलाम साक्मा लगाई स्वागत गरेका थिए ।

सो पत्रकार सम्मेलनमा कियाचु युकेका अध्यक्ष दिल सिं मेन्याङ्गबो, संस्थापक अध्यक्ष श्रीप्रसाद लिम्बु, पूर्व अध्यक्ष डमर सिंघक, संयोजक नगेन्द्र राज नेम्वाङ्ग, महासचिव गणेश ईजम, आस्फोड शाखा उपाध्यक्ष काजी साम्युलगायतले पत्रकारहरुले सोधेका विभिन्न जिज्ञासाहरुलाई मेटाएका थिए ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष मेन्याङ्गबोले बेलायतमा बसोबास गर्ने सबै नेपालीहरुलाई सहभागिताको लागि अनुरोध गरेका छन् । स्मरण रहोस् कियाचुले यलम्बर हाङ्ग कप, चासोक तङ्गनाम र सिसेक्पा तङ्गनाम प्रत्येक वर्ष आयोजना गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!