कवि तथा गीतकार ५३ वर्षीय टीका चाम्लिङको निधन

SHARE:

काठमाडौं । कवि तथा गीतकार ५३ वर्षीय टीका चाम्लिङको क्यान्सरका कारण निधन भएको छ ।

२०८० सालदेखि क्यान्सरसँग लड्दैआएका चाम्लिङको बिएण्डबी अस्पतालमा उपचारको क्रममा शनिबार राति निधन भएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्ला ठेगाना भएका चाम्लिङको २०३० माघ ४ गते जन्मिएका थिए ।

चाम्लिङका दुई सयभन्दा बढी गीत रेकर्ड छन् । लामो समयदेखि गीत, कविता र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका चाम्लिङका ‘जाउँ सँगी गाउँघरैमा, आलु तामाले’ चर्चित गीत हुन् ।

चाम्लिङका सधैँभरि, गीति अडियो-२०५८, राखौऊ सम्झना, लोकजुहारी शब्द संकलन-२०५९, सोमबारे हाटैमा, लोक जुहारी शब्द सड्ढलन-२०५९, सपनाको रङ, गीतिकाव्य–२०६०, समयको रङ, गीतिकाव्य-२०६४, जूनको बस्ती, गीतिकाव्य-२०६८, मुन्दुम र मालिङ्गो, गीतिकाव्य-२०७१, बागी कविता, कविताकाव्य-२०८० लगायत प्रकाशित छन् ।

चाम्लिङका श्रीमती र एक छोरा छन् । चाम्लिङले २०६१ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत-सङ्गीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकार, २०७५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी बाल गीत-सङ्गीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकार, २०७३ सालमा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको नेपाली प्रतिभा पुरस्कार, २०७२ सालमा खोटाङ सेवा समाज, बेलायतको खोटाङ प्रतिभा पुरस्कार, २०७८ सालमा कोशी प्रदेश सरकारको प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मान लगायतका दर्जर्नौ सम्मान तथा पुरस्कार पाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!