बेलायतमा समाजसेवी ज्ञाम गुरुङ ‘सहारा स्पेसल अवार्ड’ बाट सम्मानित

SHARE:

लन्डन । बेलायतमा समाजसेवी ज्ञाम गुरुङ ‘सहारा स्पेसल अवार्ड’ बाट सम्मानित भएका छन् ।

२१ नोभेम्बर २०२६ मा अल्डरसटस्थित एम्पायर हलमा आयोजित सहारा युकेको १५औँ वार्षिक च्यारिटी डिनर नाइटका अवसरमा गुरुङलाई अवार्ड प्रदान गरिएको हो । सहारा यूकेका सल्लाहकार गुरुङ तमु धीं यूकेका पूर्वअध्यक्षसमेत हुन् । पुरानो ठेगाना पर्वत चारभञ्ज्याङ हाल यूके निवासी गुरुङले लामो समयदेखि नेपाल र बेलायतमा सामाजिक कामहरु गर्दै आएका छन् ।

सोही अवसरमा सहारा यूकेका सल्लाहकार अमृत गुरुङलाई ‘सहारा यूके अवार्ड’ प्रदान गरिएको छ । दुवै सम्मानित हुनेलाई प्रमाणपत्र, दोसल्ला र अवार्ड दिइएको छ ।

अवार्ड संयोजक एवं सहारा यूकेका पूर्वअध्यक्ष लेफ्टिनेन्ट कुसाङ गुरुङले सहारा युके अवार्ड र सहारा स्पेसल अवार्डको घोषणा गरेका थिए ।

सहारा यूकेका अध्यक्ष शारदा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली दूतावास लन्डनका द्वितीय सचिव सञ्जोग राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!