बेलायती महारानी एलिजाबेथको शासनकालको ७० वर्ष पूरा,आजबाट चार दिने उत्सव सुरु

SHARE:

लण्डन जुन २ ।

बेलायतले महारानीको शासनकालको ७० वर्ष पूरा भएको अवसरमा आजबाट प्लाटिनम जुबली अन्तर्गत विभिन्न उत्सव मनाउन सुरु गरिएको छ ।

महारानीको शासनकाल ७० वर्ष पुगेको अवसरमा आगामी चार दिनसम्म विभिन्न कार्यक्रम गरिनेछ । बेलायती महारानी एलिजाबेथ द्वितीय बेलायतको राजगद्दीमा सबैभन्दा लामो समय शासन गर्ने राजशाही हुन् । एलिजाबेथले आफ्ना बुबा राजा जर्जको मृत्युपछि ६ फेब्रुअरी १९५२ मा बेलायतको शासन सम्हालेकी थिइन् । तथापि उनको राज्याभिषेक भने आजकै दिन अर्थात जुन २ मा भएको थियो ।

राजसिंहासन बस्दा एलिजाबेथ २५ वर्षकी थिइन् । महारानी एलिजाबेथले उनको शासनकालमा १४ बेलायती प्रधानमन्त्रीसँग काम गरिसकेकी छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!