बेलायत । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको अध्यक्षमा वर्तमान महासचिव लेफ्टिनेन्ट (ले.) सुनिल राना मगर निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलले घोषणा गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूको नामावली निम्नानुसार रहेको छ:
१. अध्यक्ष: सुनिल राना
२. वरिष्ठ उपाध्यक्ष: डा. विशाल गुरुङ
३. उपाध्यक्ष: वीर बलाल
४. उपाध्यक्ष (महिला): मिना गुरुङ
५. सचिव: अनिल थापा
६. कोषाध्यक्ष १: मिलन रोका
७. कोषाध्यक्ष २: भाइराजा थापा
८. कोषाध्यक्ष ३: देवेन्द्र श्रेष्ठ
९. खेलकुद सचिव: किरण मगर
१०. सांस्कृतिक सचिव: विपना थापा (युवा)
कार्यसमिति सदस्यहरू:
११. भूमिका ढकाल
१२. प्रजेश श्रेष्ठ
१३. श्रेया गुरुङ
१४. सोम घले
१५. विपास छन्त्याल (युवा)
१६. सरिना घले (युवा)
१७. मदन राना
१८. मेरिन पाइजा (युवा)
उक्त घोषणा निर्वाचन मण्डलका प्रमुख क्याप्टेन राजेन्द्रमान गुरुङ, सचिव प्रमिला लाबुङ राई र सदस्य ओम थापा काउचा मगरले शनिबार, २८ नोभेम्बर २०२६ का दिन गरेका हुन्। आधिकारिक घोषणा भने शनिबार, ५ डिसेम्बर २०२६ का दिन हुनेछ।






