
लीलामान शेरपुन्जा
लन्डन ६ जुन २०२२ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको प्रधानमन्त्री पद धरापमा परेको छ ।
कोभिड १९ को महामारीको समयमा कडा लकडाउन गरिएको तर प्रधानमन्त्री कार्यालयमै आफ्ना निकटतम व्यक्तिहरुलाई भेला गराई भोज खुवाएको भिडियो सार्वजनिक भएपछि उनको कडा आलोचना हुँदै आएको थियो ।
विपक्षी लेबर पार्टीले राजीनामा मागेको र उनी आबद्ध दल कन्जरभेटिभ पार्टीबाटै राजीनामा माग गरेपछि उनको पद धरापमा परेको हो । जोन्सनले आजै (सोमबार) साँझपख कन्भिडेन्ट भोट गराउने भएको छ । भोटमा हारेमा अनिवार्य राजीनामा आउने छ ।
प्रधानमन्त्रीबाटै कोभिडको अनुशासन उल्लंघन भएको पनि पेनाल्टी पोइन्ट पाएपछि सर्वत्र उनको विरोध हुँदै आएको थियो । तर युक्रेन-रसियाको लडाइँ, आगामी वर्षमा हुने संसदीय निर्वाचनलाई मध्यनजर गर्दै कन्जरभेटिभ पार्टीले उक्त विरोधको बेवास्ता गर्दै आएको थियो ।
प्रधानमन्त्री कार्यालयमा भएको उक्त अनैतिक पार्टीको छानिबन समितिले प्रधानमन्त्रीलाई पेनाल्टी तिराएपछि पार्टीभित्रैकै गरिमा भत्काएको भन्दै विरोध तीव्र बन्दै गएपछि आज निर्वाचन हुँदैछ ।
अमेरिका, अष्ट्रेलियाको निर्वाचन परिणामले बेलायतलाई घोचिरहेको बेला बेलायतको सरकारलाई गम्भीर संकटमा पार्दै आएको बेलायत जनताको बुझाइ छ ।






