काउन्सिलर कमल गुरुङ दम्पतीलाई तमु समाज यूकेको सम्मान

SHARE:

लन्डन ६ जुन २०२२ । लन्डन बोरो अफ बार्नेटको बर्न्टओक वार्डका नवनिर्वाचित काउन्सिलर कमल गुरुङ सम्मानित भएका छन् ।

तमु समाज यूकेले आइतबार ५ जुन २०२२ का दिन तमु समाज यूके नेपालीज कम्युनिटी सेन्टर बरहाम पार्क वेम्बली लन्डनमा १५औं वार्षिक साधारणसभा सकिएपछि सल्लाहकार समेत रहेका कमल गुरुङ र उनकी धर्मपत्नीलाई बधाई ज्ञापन तथा सम्मान गरेको हो । माया गुरुङ तमु समाज यूकेका सल्लाहकार तथा आमा समूहका पूर्वअध्यक्ष हुन् ।

कमल गुरुङ गत मे महिनामा सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा लेबर पार्टीको प्रतिनिधित्व गरी लन्डन बोरो अफ बार्नेटको बर्न्टओक वार्डबाट काउन्सिलर पदमा निर्वाचित भएका थिए ।

कार्यक्रममा अन्य संघ संस्थाका व्यक्तित्वहरु र काउन्सिलर गुरुङका आफन्तजन तथा शुभचिन्तक मित्रगणहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा काउन्सिलर कमल गरुङको निर्वाचनबारेमा श्रव्य दृष्य प्रस्तुत गर्दै तमु समाज यूकेका अध्यक्ष तथा आमा समूहका अध्यक्षले फेटा खादा पछ्यौरी तथा पुष्पगुच्छा प्रदान गरी काउन्सिलर दम्पतीलाई बधाई ज्ञापन तथा सम्मान गरेका थिए ।

यसैगरी उपस्थित अन्य सबैले पनि काउन्सिलर दम्पतीलाई खादा लगाई बधाई ज्ञापन गरेका थिए । त्यसपश्चात् केक काटी स्यम्पेन खोलेर सबैमा विजयको खुसी बाँडेका थिए ।

कार्यक्रममा गायिका तारा श्रीस मगर लाई खादा पछ्यौरी र पुष्पगुच्छा प्रदान गरी तमु समाज यूकेद्वारा सम्मान गरिएको थियो । यसैगरी तारा श्रीष मगरले तमु समाज यूकेलाई माया चिनो प्रदान गरेको छ । कार्यक्रम अन्तसम्म गायिका मगरले मीठा मीठा गीत गाएर सबैलाई नचाएकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!