नेपालीसहित दसौं हजारको सहभागितामा ‘भिक्टोरिया डे’ मनाइयो

SHARE:

तस्बिर सौजन्य : मिलन तमु

लन्डन १२ जुन २०२२ । बेलायतको रसमोर बरो काउन्सिलले रानी भिक्टोरियाको सम्झनामा मनाउने ‘भिक्टोरिया डे’ यो पटक बेलायतवासी नेपालीले उल्लेख्य सहभागिता जनाएको छ ।

शनिबार अल्डरसटको प्रिन्सेस हलबाट सुरु भएर नगर परिक्रमा गरिएको परेडमा ग्रेटर रसमोर नेप्लिज कम्युनिटी, तमुधिं यूके, किरात राई यायोख्या, किरात याक्थुङ चुम्लुङ, मगर एसोसिएसन यूके, एनआरएनए युके, बुद्धिष्ट कम्युनिटी सेन्टर यूके, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर, नौमती बाजा गुल्मी यूके, फार्नबरो साइ सेन्टरलगायत करिब १५ नेपाली संस्थाले आ-आफ्नो ब्यानर बोकेर मार्चपास गरेका थिए । अल्डरसट टाउन सेन्टरमा बिहान १० देखि अपराह्न ४ बजेसम्म भएको समारोहमा विभिन्न जातजातिका नेपालीहरु आफ्नो मौलिक भेषभूषा र गरगहनाले सजिएर उपस्थित भएका थिए । भूतपूर्व गोर्खा परिवार र अन्य समुदायले पनि सडक किनारमा बसेर परेडलाई हौसला प्रदान गरेका थिए ।

बेलायतका भेट्रान मन्त्री लियो डकर्टीसहित उक्त रयालीमा भिन्टाज मोटर, मोटर बाइकमा पनि बेलायतीहरु सहभागी भएका थिए । रानी भिक्टोरियाको रुपमा सिंगारिएर एक महिलालाई खुल्ला गाडीमा परिक्रमा गराइएको समारोहमा दशौं हजार सहभागी भएका शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका संरक्षक रोहित गुरुङले जनाए । ‘भिक्टोरिया डे’ मनोरन्जनपूर्ण एउटा जमघट हो जहाँ पारिवारिक गतिविधि, लाइभ म्यूजिक, नृत्य र स्टलहरु राखिन्छ ।

रानी भिक्टोरियासँग अल्डरसटको निकट सम्बन्ध स्मरण गर्न सो दिनलाई विशेष रुपमा मनाइन्छ र यसमा हजारौं सहभागी हुने गर्छन् । यसपटक अल्डरसट, फार्नबोरो आसपास र बर्कसायर क्षेत्रका नेपाली तथा बेलायती गरी करिब १० हजार दर्शक सहभागी थिए । प्रिन्सेस हल अगाडि भिसी कुलवीर थापाको सालिक छेउमा अंग्रेजी कन्सर्ट र विभिन्न सांस्कृतिक प्रदर्शन गरिएको थियो । चिनिया समुदायले ड्रागन डान्स र पञ्जावीको भांग्रा नाच समेतले मानिसहरुको ध्यान आकृष्ट गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!