यूकेका पाँचथरेको वार्षिक भेला सम्पन्न

SHARE:

लन्डन १३ जुन २०२२ । पाँचथर समाज सेवा यूकेको १३ औं वार्षिक भेला ११ जुनका दिन अल्डरसटको एम्पायर हलमा संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख अतिथ्यतामा सम्पन्न भयो । पाँचथर समाज सेवा यूके, संयुक्त अधिराज्य बेलायतवासी पाँचथरेहरुलाई एकै ठाउँमा बाँधेर राख्ने एकमात्र प्रतिनिधिमूलक सामाजिक संस्था हो । सन् २००७ मा स्थापना भएको समाजले निरन्तर गर्दै आएको वार्षिक भेला अघिल्ला दुई वर्ष कोभिड महामारीका कारण रोकिएको थियो ।

कार्यक्रममा यहाँको विभिन्न प्रतिष्ठित युनिभरसिटीमा सफलतापूर्वक उच्च शिक्षा प्राप्त गरेका विद्यार्थी, लेखन, साहित्य, खेलकुद र अन्य सामाजिक क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गरेका व्यक्तित्वहरु राजदूत आचार्यबाट सम्मान गरिएको थियो । सम्मान हुनेमा डा. रुक्सना तुम्रोक (एमबीबीएस), डा. जेम्स आङ्थुपो (पिएचडी), अस्मिता लौती (एलएलएम), लिला सेलिङ मावो (एमएस्सी), शान्ति खिम्दिङ (एमबिए), युनिल आङ्बो (एमएसी), सामसोगेन नेम्वाङ (एमएसी), अनुराधा केरुङ (एमएसी), सनम सङबाम्फे (बिएससी), क्याप्टेन बिनोद केरुङ (बिएससी), यमुना नेम्वाङ (बीएससी), नमुना नेम्बाङ (बिएससी), देउप्रकाश पन्धाक (बिएससी), प्रणेश हेम्ब्या (बिएससी), हर्ककुमारी नेम्वाङ (विएससी), विजय काम्वाङ (बिएससी), नुमा हेम्ब्या (बिए), रोसनी लिङदेन (बिए) र जिसिएसईमा उत्कृष्ठ नतिजा प्राप्त गरेका मास्कट राई, मिसाङ सुहाङ र लिपोहाङ राई थिए ।

कार्यक्रममा ४० आजीवन सदस्यलाई संस्थाको आजीवन सदस्य प्रमाणपत्र प्रदान गरियो । लिम्बु समुदायको हराउन लागेको पालामलाई गहिरो अध्ययन अनुसन्धान गरी ‘मा लाजे निङवासुम’पुस्तकका रुपमा प्रकाश गर्ने सर्जक सुवर्ण नेम्वाङ र खेलकुदमा उल्लेखनीय सफलता प्राप्त गरेका मिसेक आङथुपो र सपिमा गुरुङलाई पनि सम्मान गरियो । ब्रिटिस सेनामा रहेका विभिन्न उच्च पदमा पदोन्नति अधिकृत मेजर गजेन्द्र आङ्देम्बे, मेजर चक्रबहादुर खत्री, मेजर युगल ७ आङ्बो, क्याप्टेन कृष्ण लक्सम, क्याप्टेन वीरेन्द्र काम्बाङ, क्याप्टेन विनोद केरुङ र जेष्ठ नागरिक पदमबहादुर चौहन, कुविरसिं नेम्वाङलगायत पनि सम्मानित भएका थिए ।

संस्कृति विभागकी प्रमुख सकुन यक्पान्देन नेम्वाङको संयोजनमा ‘द भ्वाइस अफ सिजन ३ नेपालकी’ तारा शिरिस मगर र ‘नेपाली तारा २ का उपविजेता’तारा लक्सम लिम्बूले विभिन्न लोक तथा आधुनिक गीत गायर स्टेज तताएका थिए । व्यान्डमा कार्यरत गुमान माखिम र गायक पाँचथर समाजका वीर नेम्वाङको प्रस्तुतिले कार्यक्रममा थप उत्साह जगाएको थियो ।

मुन्धुमविध पदमबहादुर सम्बाहाम्फे र अर्का संस्कृतिकर्मी सुवर्ण नेम्वाङले हाक्पारे साम्लोको मिठो भाका गाएका थिए । सान्तवीर नेम्बाङ, सुवर्ण नेम्वाङ, कल्पना आङबुहाङ, राजेन्द्र नेम्वाङ, महेश्वरी नेम्बाङलगायतले येलाङ प्रस्तुत गरी मनोरञ्जन दिलाए । पाँचथरमा जन्मिएका वा यस जिल्लासंग कुनै पुर्खौली वा परिवारिक साइनु कायम भएर हाल रोजगार, अध्ययन, पेसा–व्यवसाय र विभिन्न कारणले बेलायतमा बसोवास गर्ने पाँचथरेरबीच एकता एवम् सद्भाव कायम गर्दै परस्पर सहयोग तथा सामाजिक एवम् सद्भाव आदान—प्रदान गर्ने उद्देश्यका लागि एक साझा चौतारीको रुपमा स्थपना भएको पाँचथर समाज सेवा यूकेले समुदायको लागि थुपै कामहरु गर्दै आएका छौं । आफ्ना सदस्यहरुको परिवारमा मर्दापर्दा सरसहसयोग, बाढीपहिरो, भूकम्प, आगलागि पिडित र गम्भीर बिमारीहरुलाई आर्थिक संकलन गरी निरन्तर सहयोग पुर्याइ रहेको अवस्था छ । समाजले हरेक वर्ष पाँचथर कप फुटबल प्रतियोगिता सफलतापूर्वक संचालन गर्दै आएका छ ।

संस्थाका अध्यक्ष कैलाश काम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव प्रेम सुहाङ र सचिव वीरेन्द्र काम्वाङले संयुक्तरुपमा संचालन र स्वागत मन्त्यव्य समाजका वरिष्ठ उपाध्यक्ष शान्ति खिम्दिङ गरेकी थिइन । भेलामा किरात याक्थुङ चुम्लुङ यूके, थामेन्दङिमा चुम्लुङ यूके, याक्थुङ माङगेना चुम्लुङ यूके, धरान समाज यूके, ताप्लिजङ समाज यूके, तेह्थुम समाज यूके, धनकुटा समाज यूके, संखुवासभा समाज यूके, इलाम समाज यूके, सेवारो कलाकार संघ संधसंस्थालाई अतिथीको रुपमा निमन्त्रणा गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!