लन्डन १५ जुन २०२२ । नेकपा एमाले निकट प्रवासी नेपाल मञ्च यूकेले स्वागत तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
आउँदो जुन २१ मा पूर्वअर्थमन्त्री एव् नेकपा एमालेतर्फका सांसदहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम हुने अध्यक्ष भक्त गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रम नर्थ ह्यारोस्थित सरास रेस्टुरेन्टमा स्थानीय समयअनुसार साँझ साढे ६ बजेदेखि हुने छ ।
कार्यक्रमममा नेपालका पूर्वअर्थमन्त्री, नेकपा एमाले उपाध्यक्ष एवं प्रतिनिधिसभा सांसद सुरेन्द्र पाण्डे, अर्थसमिति सभापति एवं सांसद कृष्णप्रसाद दाहाल र सांसद पदम गिरी सहभागी हुनेछन् ।
अध्यक्ष गुरुङले कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।






