लन्डन । चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनित चलचित्र ‘‘ सोल अफ द कमाण्डो’’ को प्रिमियर शोबेलायतमा हुने भएको छ । बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा २७ अगष्टमा प्रिमियर शो हुने भएको हो ।प्रिमियर सो प्रर्दशन हुने जानकारी आइतवार अल्डरसर्टस्थित पत्रकार सम्मेलन गरि निमार्ण पक्षले दिएका छन ।प्रिमियर शो का लागि आवश्यक तयारी भइसकेको बताएका हुन ।
नेपालको विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको निर्देशन युवराज राई (वीरबहादुर राई) गरेका हुन ।विजया राईको प्रस्तुती रहेको चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निमार्ण गरेका छन ।
‘प्रिमियर शो का लागि सबै तयारी पुरा भैसकेको छ’ प्रस्तुतकर्ता विजया राईले भनिन ‘अब हामी दर्शककोपर्खाइमा छौं ।’ प्रिमियरमा चलचित्रका सबै कलाकारको उपस्थिती रहने उनले बताइन ।
एक आर्मीकोे संघर्षलाई कथाबस्तुमा समेटिएको निमार्ण पक्षले जनाएको छ । प्रिमियरका लागि दर्शकलाई२० पाउण्ड टिकटदर राखिएको छ । संकलित रकम सामाजिक सेवामा खर्च गरिने पनि निमार्ण पक्षले जनाएकोछ ।
चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेशझा, नरेन खडका, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु र पुर्ण लिम्बुको अभिनय रहेको छ ।
चलचित्रको संगीत सन्तोष दुमी र आनन्द राईले गरेका हुन भने गीत राजकुमार राई र चत्तरभक्त राईले लेखेकाहुन । चलचित्रको द्धन्द्ध एनवी महर्जनको हो भने छायांकन दीर्घ गुरुङले गरेका छन ।

पत्रकार सम्मेलनमा चलचित्र निमार्ता बिनोद मानन्धर र नेपाल चलचित्र कलाकार संघ बेलायतका अध्यक्षरोमियन लिम्बुको समेत उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनको सन्चालन रोमियन लिम्बुले गरेका थिइन ।






