नेपालका पूर्वमन्त्री र सांसदसँग एनआरएनए यूकेले शुक्रबार अन्तरक्रिया गर्ने

SHARE:

लन्डन २३ जुन २०२२ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायत भ्रमणमा रहेका नेपाली राजनीतिक नेतृत्वसँग विशेष भेटघाट तथा अन्तरक्रिया गर्ने भएको छ ।

बेलायतको संसदीय ट्रेजरी कमिटीसम्बन्धी अवलोकन गर्न लन्डन आइपुगेका पूर्वमन्त्रीहरु मिनेन्द्र रिजाल, सुरेन्द्र पाण्डे साथै सांसदहरु प्रमिला राई, जयकुमार राई, कृष्णप्रसाद दाहाल, पदम गिरी र कुलप्रसाद नेपालसँग संयुक्तरुपमा एनआरएनए यूकेले अन्तरक्रिया गर्न लागेको हो । कार्यक्रम शुक्रबार जुन २४ साँझ ७ बजेबाट एनआरएनए यूकेकै कार्यलयमा हुनेछ ।

कार्यक्रमको संयोजकको जिम्मेवारी एनआरएनए यूकेका उपाध्यक्ष साथै नेपाली नागरिकता अभियान विभागका संयोजक मोहन कार्कीलाई दिइएको छ । कार्यक्रममा एनआरएनए यूकेको तर्फबाट राजनीतिक प्रतिनिधि मण्डलसमक्ष ज्ञापन पत्र समेत बुझाइने छ ।

ज्ञापन पत्रमा विशेषगरी गोर्खाहरुको मुद्दा र प्रवासमा रहेका नेपालीहरुको नागरिकतासम्बन्धी कुरा उठाइने महासचिव खुसी लिम्बुले जनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!