मगर सांस्कृतिक संघ कास्कीको अध्यक्षमा फेरि सरिता

SHARE:

पोखरा २९ जुन २०२२ । नेपाल मगर सांस्कृतिक संघ, कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा पुनः दोस्रो कार्यकालका लागि सरिता सारू मगर सर्वसम्मत निर्वाचित भएकी छन् ।

मंगलबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा दिलु फगामी मगर, महिला उपाध्यक्षमा सृजना आले मगर, सचिवमा वसन्ती थापा मगर, सह–सचिवमा सन्तोष पुन मगर, कोषाध्यक्षमा कल्पना आले मगर र सह–कोषाध्यक्षमा चिना थापा मगर सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी, सदस्यहरूमा बबिता बुढा मगर, रामचन्द्र थापा मगर, आकाश बुढा मगर, तारा थापा मगर, निशा पुन मगर, दिलु श्रीस मगर, रेशम थापा मगर, बत्ती थापा मगर, पप्पु थापा मगर, लाली थापा मगर, ललिता पुन मगर र निरा थापा मगर रहेका छन् ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज पदम थापा मगरले मगर जाति कला, साहित्य र संगीतको धनी रहेको बताए। गीत संगीत क्षेत्रमा आबद्ध मगर कलाकारलाई एकताबद्ध गर्दै संघ अघि बढेको बताउँदै उनले मगर कलाकारको सुख दुःखमा संघ सधैं साथमा रहने उल्लेख गरे ।

नेपाल मगर संघ, कास्कीका जिल्ला सचिवालय सदस्य एवं सांस्कृतिक विभाग प्रमुख गोविन्द पुन मगरले मगर कलाकारले गायन र नृत्य क्षेत्रमा अभ्यस्त हुने मात्र नभइ सांगठनिक नेतृत्वका लागि समेत अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए । नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीस मगरले मगर लगायतका आदिवासी जनजाति समुदायबाटै मौलिक लोक गीत संगीतको उत्पत्ति भएको दाबी गर्दै मगर कलाकारले मौलिकताको संरक्षणमा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

आदिवासी जनजाति चलचित्र महासंघ, गण्डकी प्रदेशका उपाध्यक्ष एवं वरिष्ठ चलचित्रकर्मी सन्तोष पिठाकोटे मगरले मगर चलचित्रकर्मी संघ र मगर सांस्कृतिक संघका बीच सहकार्यको आवश्यकता औंल्याए । त्यस्तै, नेपाल मगर सांस्कृतिक संघ, कास्कीका संस्थापक सह–सचिव सञ्जय पुन मगरले सबै मगर कलाकारलाई संघमा आबद्ध गराउँदै आफ्नो समुदायका बारेमा प्रशिक्षित गराउनुपर्ने बताए ।

नेपाल मगर सांस्कृतिक संघ, कास्कीकी अध्यक्ष सरिता सारू मगरको अध्यक्षतामा भएको उद्घाटनसत्रमा उपाध्यक्ष सुरज थापा मगर र सचिव सुरेश राना मगरले पनि बोले ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!