‘नेपाल नाफामूलक लगानीका लागि उपयुक्त गन्तव्य’

SHARE:

लन्डन २ जुलाई २०२२ । नेपालमा लागानी गर्ने सम्भावित लगानीकर्ताहरुलाई लक्षित गर्दै नेपाली दूतावास लन्डनमा बिहीबार ‘नेपाल लगानी सम्मेलन’ आयोजना गरिएको छ ।

नेपाली दूतावास लन्डन र ब्रिटेन नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सम्मेलन भएको हो । कार्यक्रममा नेपाल लागानी बोर्डका कार्यकारी निर्देशक, बेलायतको आन्तरिक लागानी विभागका निर्देशक, नेपालमा लगानी गरिरहेका बेलायती कम्पनीका लगानीकर्ता लगायतले सम्बोधन गर्दै नेपाल नाफामूलक लगानीका लागि उपयुक्त गन्तव्य रहेको बताए ।

सम्मेलनमा विभिन्न सरोकारवाला कम्पनी तथा सरोकारवाला निकायका अधिकारीहरुले लगानी तथा प्रतिफलका तथ्यांकहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्ने क्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा राजनैतिक स्थायित्व कायम भएको बताउँदै लगानीको सम्भावनाहरु औंल्याए ।

राजदूत आचार्यले नेपाल सरकार नेपालमा वैदेशिक लगानीलाई सहज बनाउन क्रियाशील रहेको बताउँदै नेपाल आर्थिक समृद्धिको दिशामा अघि बढेको जानकारी दिए । उनले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आह्वान समेत गरे ।

बेलायतको आन्तरिक व्यापार विभागका ‘मेनुफ्याक्चरिंग इनर्जी एन्ड इन्फास्ट्रक्चर’ का निर्देशक रोडनी ब्राक्लीले बेलायतबाट नेपालमा हुने लागानी दुवै देशका लागि फाइदाजनक रहेको बताउँदै यसमा बढावा दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा लगानी बोर्डका सहसचिव अमृत लम्साल र उपसचिव रमेश अधिकारीले नेपालमा लागानी सम्बन्धि विस्तृत प्रस्तुति दिएका थिए । प्रस्तुतिमा नेपाल लगानी बोर्डले आगामी १० वर्षभित्र नेपालमा ५ वटा अन्तर्राष्ट्रिय विमानस्थल र वार्षिक ५ मिलियन पर्यटन भित्रयाउने लगायतका लक्ष लिएको जनाइएको थियो ।

सम्मेलनलाई सम्बोधन गदै गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीहरुले हाइड्रो, बैंकिङ, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी गरेको चर्चा गर्दै संघले नेपाल सरकारसंग सहकार्य गर्दै गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्ने वातावरण सिर्जनामा संयोजन गरिरहेको जनाए ।

कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रका लगानीकर्ता, व्यवसायिक कम्पनी आवद्ध पदाधिकारी, नेपाली व्वयवसायीहरुका साथै पत्रकार समाजसेवी लगायतको उल्लेख्य उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!