बेलायतमा एमालेका सांसद पदम गिरीसँग भेटघाट तथा अन्तरक्रिया

SHARE:

लन्डन ३ जुलाई २०२२ । बेलायत भ्रमणमा रहेका नेकपा एमालेका सांसद पदम गिरीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

पर्वत वेलफेयर सोसाइटी यूकेको आयोजनामा सांसद गिरीसँग अल्डरसटस्थित एम्पायर हलमा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै सांसद गिरीले नागरिकता निरन्तरताको बारेमा नेपाल सरकारसँग जोडदार आवाज उठाउने बताए । अध्यक्ष नेत्र आलेको अध्यक्षतामा भएको कार्यक्रम समाजका सचिव भिमलाल भट्टराईले सन्चालन गरेका थिए ।

कार्यक्रममा कोल्बर्न काउन्सिलका काउन्सिलर तथा मेयर डा जगन्नाथ शर्मा, तमुधिं यूकेका अध्यक्ष एवं पर्वत वेलफेयर सोसाइटी यूकेका संस्थापक अध्यक्ष तथा संरक्षक सल्लाहकार हित काजी गुरुङ, अन्तर्राष्ट्रिय पर्वत समाजका र पर्वत वेलफेयर सोसाइटी यूकेका पनि भूपू अध्यक्ष पुरन गिरी, मगर संघ यूकेका संस्थापक अध्यक्ष, नागरिकता निरन्तरता संयोजक थर्क राना, रसमुर काउन्सिलका काउन्सिलर जिब बेल्बासे, निवर्तमान अध्यक्ष दधिराम आचार्य साथमा पर्वतेहरु बक्लो उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!