यूके निवासी गुरुङ बाबुछोराबाट बागलुङ ढोरपाटनका दुई विद्यालयलाई शैक्षिक सामग्री प्रदान

SHARE:

बागलुङ ४ जुलाई २०२२ । बेलायत निवासी ले. कर्ण गुरुङका बाबुछोराले बागलुङको ढोरपाटन नगरपालिका ९ स्थित जनचेतना प्रा.वि. सुप्राङ र सरस्वती मा.वि. सुकुर्दुङका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।

पाइला फिल्मस प्रा.लि. पोखराको व्यानरमा निर्मित गुरुङ चलचित्र “ङ्हेल्स्यो” (सैना) का मुख्य निर्माता यूके निवासी ले. कर्ण गुरुङ र उनका छोरा ब्रिटिस आर्मीका दिनेश गुरुङले जनचेतना प्रा.वि. र सरस्वती मा.वि. लाई कार्यालय प्रयोजनका लागि एक/एक थान काठको दराज र बाढी प्रभावित ६५ जना विद्यार्थीहरुलाई एक/एक जोर विद्यालय पोसाक कमिज पाइन्ट र झोला हस्तान्तरण गरेका हुन् ।

२०७७ भदौ १७ गते अचानक आएको बोबाङ बाढीले ढोरपाटन-९ का दुवै विद्यालयका भौतिक संरचनाहरु पूर्णरुपमा क्षति भएका थिए भने त्यहाँ अध्ययनरत केही विद्यार्थीहरुलाई समेत प्रत्यक्ष प्रभावित थिए । गुरुङ चलचित्र ङ्हेल्स्यो सैनामा अभिनित नायिका बागलुङ, ढोरपाटन-६ सहिखोलाका बन्दना घर्तिमगरकी आमा शिवालय मा.वि.अधिकारीचौरका शिक्षिका सुनमाया घर्तीमगर र ग्रामीण विकास मञ्च ढोरपाटनका सचिव प्रशान्त घर्तीमगरको सहकार्यमा उक्त सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । ढोरपाटन-९ माथिल्लो विद्यालय जनचेतना प्रा.वि. सुप्राङका प्रधानाध्यापक रामबहादुर घर्तीमगरका अनुसार उक्त विद्यालयमा हाल १३१ जना विद्यार्थीहरु अध्ययनरत छन् । तल्लो विद्यालय सरस्वती माविका निमित्त प्रधानाध्यापक रिमकुमारी घर्तीमगरले जानकारी गराएअनुसार ४६० जना विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।

जसमध्ये माथिल्लो जनचेतना प्रा.वि.को पुरै संरचना बाढीले बगाएको र हाल उक्त ठाउँदेखि नजिकै नयाँ भवनमा पठनपाठन गर्दै आएको र तल्लो सरस्वती मा.वि.को ५ वटा कोठा बाढीले बगाएकोले नयाँ भवन त बनाइयो तर कक्षा कोठाहरु नपुग भएकोले एउटै कोठामा दुइटा क्लासका विद्यार्थीहरु राखेर पढाउनुपर्ने बाध्यता रहेको सरस्वतीका शिक्षक जीतबहादुर घर्तीमगरले बताएका छन् । यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रकुमारी पुनको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!