
लन्डन ७ जुलाई २०२२ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले दलको नेताबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री कार्यालयबाट बिहीबार मध्याह्न राजीनामा घोषणा गर्दै उनले कञ्जरभेटिभ पार्टीको नयाँ नेता चयन नहुँदासम्म प्रधानमन्त्रीको रुपमा काम निरन्तर राख्ने बताए। क्रिस पिचरलाई यौन दुर्व्यवहारसम्बन्धी आरोपबारे जानकारी हुँदाहुँदै पनि सहायक प्रमुख सचेतक नियुक्ति गरेको स्वीकारोक्तिपछि उनीमाथि राजीनामाको तीव्र दबाब आएको थियो । जोन्सनको आलोचना गर्दै उनको मन्त्रीमण्डलका दर्जनौँ मन्त्रीले राजीनामा गरेपछि उनी थप चर्को दबाबमा परेका थिए ।
उनीमाथि कोरोना भाइरस लकडाउन बेला डाउनिङ स्ट्रीटमा पार्टी आयोजना गरेको र त्यस विषयमा संसद्लाई ढाँटेको भन्दै प्रहरी अनुसन्धानसमेत भएको थियो ।






