पत्रकार महासंघ बेलायतले मनायो १० औं वार्षिकोत्सव, पोखरेल र रानाभाट पुरस्कृत

SHARE:

लन्डन १० जुलाई २०२२ । नेपाल पत्रकार महासंघ बेलायतले १० औं वार्षिकोत्सव मनाएको छ । लन्डनमा आइतबार आयोजित समारोहमा पत्रकारिता पुरस्कार वितरण, संरक्षक, सल्लाहकार सम्मान, मिडिया सम्मानलगायत कार्यक्रम गरी पत्रकार महासंघ बेलायतले वार्षिकोत्सव मनाएको हो । महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षमा भएको कार्यक्रममा नेपाली दूतावास लन्डनका राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथिको रुपमा उपस्थित थिए । प्रमुख अतिथि राजदूत आचार्यले पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गरेका थिए । वार्षिकोत्सवको अवसरमा केकसमेत काटिएको थियो ।

कार्यक्रममा एफएनजे यूके पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकारहरु नवीन पोखरेल र खेमराज रानाभाट पुरस्कृत भए । दुवै पत्रकारलाई सम्मानपत्रका साथ २ सय ५१ पाउन्ड नगद प्रमुख अतिथि राजदूत आचार्य र समाजसेवी तथा व्यवसायी रविजंग लामिछानेले हस्तान्तरण गरे । त्यस अवसरमा पत्रकार महासंघ बेलायतले आफ्ना संरक्षक र सल्लाहकारहरुलाई राजदूत आचार्य र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा मिडिया सम्मान एभरेस्ट टाइम्स डटनेट, नेपाल ब्रिटेन डटकमलगायतलाई दिइएको थियो । एभरेस्ट टाइम्सको सम्मान प्रबन्ध निर्देशक नगेन्द्रराज नेम्वाङ र अनलाइन प्रमुख एसके गुरुङले ग्रहण गरेका थिए । नेपाल ब्रिटिनको चिरन शर्मा र चिरञ्जीवी ढकालले ग्रहण गरेका थिए । कार्यक्रममा पत्रकार महासंघको १० औं वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको स्मारिका प्रमुख अतिथि एवं राजदूत आचार्यसहित अथितिहरुले विमोचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूत आचार्य, अतिथिहरुमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल, नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनाल, गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय उपमहासचिव रामशरण सिंखडा, एनआरएन यूकेका उपाध्यक्ष नारायण कँडेल, समाजसेवी तथा व्यवसायी रविजंग लामिछाने, बेलायतका लागि नेपाल पर्यटन बोर्डका मानार्थ महन्त श्रेष्ठ, व्यवसायी रत्नराज वज्राचार्य, अग्रज पत्रकारहरु खगेन्द्र नेपाली, सुमन खरेल, नविनसिं खड्का, युनिभर्सिटी कलेज लन्डनका प्रोफेसर एवं एफएनएनजे यूके पत्रकारिता पुरस्कार छनोट समिति संयोजक डा तेजेन्द्र फेराली, पत्रकार संगीता मरहठ्ठा, डा सुमाया राई उपस्थित थिए ।

त्यस्तै पूर्वमेयर तथा काउन्सिलर विष्णुबहादुर गुरुङ, रोयल बोरो अफ ग्रिनवीचका काउन्सिलर एवं रोयल ग्रिनवीच नेपाली सोसाइटीका अध्यक्ष जीत रानाभाट, रसमूर बरो काउन्सिलका काउन्सिलर जीव बेल्वासे, एनआरएनए केन्द्रीय सहकोषाध्यक्ष कृष्ण तिमल्सिना, एनआरएनए यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्री, गोर्खापत्र दैनिकका पत्रकार करुण अर्याल, राससका बेलायत प्रतिनिधि कृष्णप्रसाद शर्मा, लिम्बु पत्रकार संघ यूकेका अध्यक्ष अमित थेबे, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु पनि सहभागी थिए ।

यस्तै तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, बुद्ध फाउन्डेशन यूकेका अध्यक्ष दिपक श्रेष्ठ, समाजसेवी एकेन्द्र गुरुङ, पीपल मोर्गेजेजका सूर्य गुरुङ, गायिका शर्मिला बर्देवालगायत विभिन्न संघसंस्थाका अध्यक्ष, प्रतिनिधि र व्यवसायीहरुको सहभागिता थियो ।

कार्यक्रममा एफएनजे यूकेका सचिव खेमराज रानाभाटले हेल्थ एन्ड सेफ्टीबारे जानकारी दिएका थिए भने वरिष्ठ उपाध्यक्ष दिनेश परियारले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले एफएनजे यूकेको वार्षिकोत्सवको अवसरमा पठाइएको शुभकामना सन्देश सचिव मञ्जु भण्डारीले पढेर सुनाएकी थिइन् । त्यस्तै सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सन्देश भने कार्यक्रम सञ्चालिकासमेत रहेकी प्रमिला लाबुई राईले सुनाएकी थिइन् ।

महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि आचार्य, अतिथिहरु ढकाल, खनाल, फोनिज यूके अध्यक्ष गोमा राना, पूर्वअध्यक्षहरु, संरक्षक एवं प्रेस युनियन यूकेका अध्यक्ष एभरेस्ट गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!