पत्रकार महासंघ यूकेको वार्षिकोत्सवमा एभरेस्ट टाइम्सलाई सम्मान

SHARE:

लन्डन ११ जुलाई २०२२ । नेपाल पत्रकार महासंघ बेलायतले १० औं वार्षिकोत्सवको अवसरमा एभरेस्ट टाइम्सलाई समान गरिएको छ ।

लन्डनमा आइतबार आयोजित समारोहमा लामो समयदेखि स्थापना भएर बेलायतवासी नेपाली समुदाय र विश्वमै पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै एभरेस्ट टाइम्स यूकेलाई सम्मान दिइएको हो । पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षमा भएको कार्यक्रममा नेपाली दूतावास लन्डनका राजदूत ज्ञानचन्द्र आचार्यले मिडिया सम्मानअन्तर्गत एभरेस्ट टाइम्सलाई हस्तान्तरण गरेको प्रमाणपत्र प्रबन्ध निर्देशक नगेन्द्रराज नेम्वाङ र अनलाइन प्रमुख एसके गुरुङले ग्रहण गरेका थिए ।

एभरेस्ट टाइम्स साप्ताहिक पत्रिका बेलायतमा १३ वर्षभन्दा बढी समय निरन्तर प्रकाशित भएको थियो । कोरोनाका कारण स्थगित छापा पत्रिकाको हाल डिजिटल संस्करण एभरेस्ट टाइम्स डटनेट अनलाइन चालु रहेको छ ।

आफ्नो संस्थालाई सम्मानका लागि सम्पूर्ण एभरेस्ट टाइम्स परिवारको तर्फबाट म्यानेजिङ डाइरेक्टर नेम्वाङलाई नेपाल पत्रकार महासंघ बेलायतप्रति धन्यवाद साथै आभार प्रकट गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!