बिसीसी यूकेद्वारा खेन्पो कुन्ख्याबको बिदाइ

SHARE:

लन्डन १३ जुलाई २०२२ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले खेन्पो कुन्ख्याबको बिदाइ गरेको छ ।

आइतबार १० जुलाईका दिन बिसीसी यूकेका अध्यक्षले खदा लगाई खेन्पोलाई बिदाइ गरेका हुन् । कोभिड–१९ को महामारीको अवस्था अर्थात सन् २०२१ फेब्रुअरीमा नेपालबाट बेलायत आएका धर्मगुरु खेन्पो कुन्ख्याब १ वर्ष ५ महिनाको बसाईपश्चात् नेपाल फर्केका हुन् । काठमाडौं बौद्धस्थित सेचन गुम्बामा कार्यरत खेन्पोले बिसीसी यूकेको गुम्बा रही बौद्ध शिक्षा दिने, बौद्ध धर्ममा आधारित विभिन्न ग्रन्थहरुको पाठ गर्ने, प्रवचन दिने, बौद्ध परम्परामा आधारित विभिन्न पुजापाठ गर्नेलगायत अषिशेक (वाङ्ग) दिएका थिए । त्यस्तै, उनले बिसीसी यूकेमा ९ बर्षे ङोद्रो (पूर्वग्रत अभ्यास) कक्षाको शुरुवात गरे । साथै, उनले अनलाईन मेडिटेशन, साम्बुटालगागतका कक्षाहरु संचालन गरेका थिए ।

बिसीसी यूकेले गत ३ जुलाईका दिन एक बिशेष औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई गरेका थिए । सो अवसरमा बिसीसी यूकेका अध्यक्ष, उपाध्यक्ष हर्क गुरुङ, आमा अध्यक्ष उर्मिला गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, पूर्व अध्यक्ष ले.रि. नारायणप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष नरेश गुरुङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङसल्लाहकार, ट्रष्टीजलगायत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा अध्यक्षले खेन्पो गुरुले गुम्बालाई दिएको समय, बौद्ध शिक्षा तथा ज्ञानको प्रसंशा गर्दै धन्यवाद ज्ञापन गरे । साथै, उनले खेन्पो गुरुलाई बिसीसी यूकेको लोगो अंकित मायाको चिनो प्रदान गरे । त्यस्तै, बिसीसी यूकेका प्रमुख सल्लाहकार एवं कक्षा संचालन संयोजक मेजर खुशीमान गुरुङले खेन्पो कुन्ख्याप गुरुले संचालन गरेका साम्बोटा, च्योइ, ङोन्द्रोलगायत कक्षाका विद्यार्थीहरुलाई प्रमाणपत्र तयार गरेका थिए भने सो अवसरमा खेन्पो गुरुले विद्यार्थीहरुलाई उक्त प्रमाणपत्र वितरण गरेका थिए ।

बिसीसी यूकेका आमाहरुको बाक्लो उपस्थिति रहेको सो बिदाइ कार्यक्रममा बिसीसी यूकेका कोषाध्यक्ष एवं ङोन्द्रो संयोजक मेजर हितमान गुरुङले ङोन्द्रो अभ्यासमा खेन्पो गुरुले दिएको समय, शिक्षा र गराएको अभ्यासको चर्चा गर्दै ङोन्द्रो अभ्यासले मानव जीवनमा खेल्ने सकारात्मक भूमिकाबारे चर्चा गरेका थिए । सोही क्रममा बिसीसी यूके लण्डन शाखाका अध्यक्ष गोपाल तामाङ र आमा अध्यक्ष दिलमाया गुरुङले खेन्पो गुरुले अनलाईनमार्फत दिएको मेडिशन लगायत बौद्ध शिक्षाका लागि धन्यवाद दिर्दै खादा लगाई सम्मानका साथ बिदाई गरेका थिए ।

त्यस्तै, कार्यसमितिका पदाधिकारी, संस्थापक एवं पूर्व अध्यक्षहरु, कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा अध्यक्षलगायत आमाहरु, भक्तजनहरुलगायतले उनलाई खादा लगाई बिदाइ गरेका थिए । सो अवसरमा खेन्पो कुन्ख्याबले बिसीसी यूकेले गरेको माया र सम्मानको सदा कदर गर्ने बताउँदै सबैलाई हृदयदेखिनै धन्यवाद दिए । साथै, उनले बिसीसी यूकेलाई एक हजार पच्पन्न पाउण्ड सहयोग प्रदान गरी बिसीसी यूकेको ट्रष्टी सदस्य बनेका थिए ।

गत आइतबार खेन्पो गुरूको विदाइको क्रममा बिसीसी यूकेका अध्यक्ष, महासचिव क्याप्टेन देब घले, निवर्तमान अध्यक्ष नरेश गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङ, आमा सचिव शारदा गुरुङ, पुजा संयोजक आईबहादुर गुरुङ, सानु लामा, खेन्पो केल्जङ्ग दोर्जी, लोपेन नोर्बु, आमाहरु, गुम्बा स्टाफ तथा स्वंयवकहरुको बाक्लो उपस्थिति रहेको थियो । त्यस्तै, बिसीसी यूकेका अध्यक्ष र महासचिव घलेले खेन्पोलाई हिथ्रो विमानस्थलसम्म पुर्‍याउन गएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!