तमुधिं यूके र लन्डन दूतावासबीच १३ औं नेपाली मेलाबारे छलफल

SHARE:

लन्डन १५ जुलाई २०२२ । आगामी २८ अगस्टमा हुने १३ औं नेपाली मेलाबारे तमुधिं यूके र नेपाली दूतावास लन्डनबीच अन्तिम छलफल भएको छ ।

तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ नेतृत्वमा शुक्रबार लन्डन दूतावास पुगेको टोली र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावास उपनियोग प्रमुख रोशन खनाल, कर्मचारीलगायतबीच नेपाली मेलाबारे छलफल भएको हो । दूतावासमा सुरुमा तमुधिं यूकेको कार्यसमितिलाई राजदूत आचार्य, कर्मचारीहरुले स्वागत गरेको वरिष्ठ उपाध्यक्ष हरि गुरुङले जानकारी दिए ।

त्यस्तै छलफलमा वरिष्ठ उपाध्यक्ष गुरुङले नेपाली मेला र तयारीबारे पावर पोइन्टबाट स्लाइट शो र भिडियो प्रस्तुति दिएका थिए । दूतावासका तर्फबाट राजदूत आचार्यले नेपालीको ऐतिहासिक र लोकप्रिय नेपाली मेलामा सहभागी भइदिन बेलायतवासी नेपाली, गैर नेपालीसहित सबै संघसंस्थाहरुलाई आग्रह गर्दै आफूहरुले पनि सहयोग गर्ने वचन दिएका छन् ।

टोलीमा तमुधिं यूकेका पूर्वअध्यक्ष सुवाससिंह गुरुङ, निवर्तमान अध्यक्ष नन्दजंग गुरुङ, उपाध्यक्ष जुमकाजी गुरुङ, महासचिव परशु गुरुङ, खेलकुद सचिव देव घले, विमल गुरुङ, कुमार गुरुङ, विकास गुरुङ, एसके गुरुङ, आमा समूहकी अध्यक्ष सीता मञ्जु गरुङ, अप्सरा गुरुङ, कमलादेवी गुरुङ, सन्ध्या गुरुङ, दिलमाया गुरुङलगायत थिए ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ सन्देशसहित तेह्रो नेपाली मेरा २८ अगस्ट बिहान १० देखि राति ८ बजेसम्म केम्पर्टन पार्क रेसकोर्समा हुनेछ । मेलामा नेपाली दूवतास लन्डनले हरेक वर्ष सहकार्य गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!