बेलायतको क्याम्बर्ली समाजले मनायो वार्षिक भेटघाट कार्यक्रम

SHARE:

[clear]


क्याम्बर्ली १६ जुलाई २०२२ । बेलायतको दक्षिण पश्चिममा पर्ने क्याम्बर्ली सहरको नेपाली समुदायले कोभिडपछि पहिलो पटक भेटघाट कार्यक्रम भव्यरुपमा मनाएका छन् ।

जुलाई १६ तारिखका दिन सहरकै कोलिङउड कलेजको सभाहलमा सम्पन्न भेटघाट कार्यक्रमलाई Surrey heath Borough का मेयर हेलेन ह्वाइटक्रफ्टले पानसमा बत्ती बालेर शुभारम्भ गरेका थिए । क्याम्बर्ली नेपाली समाजका अध्यक्ष यामबहादुर गुरुङले आमन्त्रित पाहुना, मेयर, काउन्सिलर संस्थाका भूपू अध्यक्षहरु, सल्लाहकारहरु र सबै समाजका अग्रजहरुलाई धन्यवाद दिँदै समाजका बारेमा बोलेका थिए ।

संस्थाका सचिव एवं उद्घोषक ओमप्रसाद गुरुङले सञ्चालन गरेको कार्यक्रममा पछिल्लो समयका चर्चित लोक तथा दोहीरी गायिका अस्मिता डल्लाकोटीले भरपुर मनोरन्जन दिएका थिए ।

गायिका डल्लाकोटी ननिङटन समाज बेलायतले एक महिना अगाडि आमन्त्रण गरेकोले बेलायतमा छिन् । कुनै हप्ता पनि फुर्सद नपाएका गायिका बेलायतमा निकै लोकप्रिय बनेकी छन् ।

करिब २ सय जनाको उपस्थित भेलामा वृद्ध आमाबुबाको उल्लेख उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!