महादेव थापा पुन: अध्यक्षमा निर्बाचित

SHARE:

लण्डन । गत शनिवार मगर संघ युकेको वेल्स शाखाको अधिवेशनद्वारा अध्यक्षमा महादेव थापा पुन: दोस्रो कार्यकालको लागि निर्बाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा चोपबहादुर थापा, सचिवमा लालु बुढा, उपसचिवमा रुम सारु, कोषाध्यक्षमा पुष्पा थापा, सहकोषाध्यक्षमा देव राना निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा निलम दर्लामी, पन्चना राना, रोमन आले, नन्द बयम्बु, एक आले, नन्दराम थापा, राजु डम्बरपाल, लाल राना, सन्जीव थापा, हर्क राना, विक्रम राना, गोपाल थापा र होमबहादुर थापा निर्वाचित भएका छन् ।

यस्तै शाखाका सल्लाहकारहरुमा बुद्धबहादुर थापा, गुमानसिंह थापा, कृष्ण जुग्जाली र चित्र राना चुनिएका छन् ।

नयाँ कार्यसमिति चयन गर्नका लागि बुद्धबहादुर रानाको अध्यक्षता, चित्र राना सचिव र गुमानसिंह थापा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

मगर संघ युकेका अध्यक्ष सीता पुनको प्रमुख आतिथ्यतामा भएको अधिवेसनको पहिलो सत्र अध्यक्ष महादेव थापाको अध्यक्षतामा भएको थियो । सो सत्रमा सचिवले पेश गरेको सांगठानिक प्रतिवेदन तथा कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!