तमुधिं यूके आमा समूह रेस फर लाइफमा सहभागी, १ हजार १३१ पाउन्ड क्यान्सर रिसर्च सेन्टरलाई

SHARE:

लन्डन १९ जुलाई २०२२ । ‘रेस फर लाइफ’ मा सहभागी भएर तमुधिं यूके आमा समूहले १ हजार १३१ पाउन्ड क्यान्सर रिसर्च सेन्टरलाई सहयोग गरेको छ ।

रिडिङमा जुलाई १७ बिहान सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भएको दौडमा तमुधिं यूके आमा समूहबाट १५ जना धावक सहभागिता जनाएका थिए । तमुधिं आमा समूहकी महासचिव यशोदा गुरुङको संयोजनमा भएको दौडका क्रममा ९९ सय जनाले सहयोग गर्दा १ हजार १३१ पाउन्ड संकलन गरिएको थियो ।

सन् १९९४ मा लन्डनबाट सुरु भएको रेस फर लाइफमा केवल ७५० महिला सहभागी भएका थिए भने हरेक सालमा यो संख्या बढ्दै हाल बेलायतका विभिन्न सहरहरुमा विभिन्न समयमा सम्पन्न हुने गर्दछ । केवल महिलाहरुमात्रै सहभागी हुन पाउने कार्यक्रमले बर्सेनि मिलिएन पाउन्ड संकलन गरी संसारमा व्याप्त २ सय थरीका क्यान्सरबाट पीडित महिला, पुरुष र बाल बालिकाको उपचार र उन्मूलनमा खर्च गर्ने गरिएको महासचिव एवं संयोजक यशोदा गुरुङले जानकारी दिइन् ।

तमुधिं आमा समूहका १५ जना धावकबाहेक दीपशिखा र फिजिसियन एसोसियट दिया गुरुङ, सामिन गुरुङलाई र सहभागी हुन असमर्थ रहे पनि सम्पूर्ण सपोर्टरहरु साथै बेलायतको ब्यस्तताका कारण पनि एकाबिहान मैदानमा उपस्थित हुनु भई हौसला र साथ दिने तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङ, उपाध्यक्ष तुलाराम गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्वअध्यक्ष कमल गुरुङ, ज्ञाम गुरुङ ,महासचिव परशु गुरुङ, कोषाध्यक्ष कमल गुरुङ, सल्लाहकार चन्द्रमान गुरूङ, सल्लाहकार दीपक गुरुङ, सपन इन्टरटेन्टमेन्टका डाइरेक्टर सपनकुमार राई, सल्लाहकार विनोद गुरुङ, मीठोखाजा भोजनका प्रबन्धक बुद्धिस्ट गुम्बा रेडिङका अध्यक्ष इन्स्पेक्टर खेम गुरुङ, बुद्धिस्ट गुम्बा आमा समूह रिडिङ खाना खाजाका संयोजक उषा गुरुङ र आमा समूह र उपस्थित सम्पूर्ण अग्रजहरु महासचिव गुरुङले धन्यवाद दिएकी छन् । त्यस्तै कोषलाई चुस्त दुरुस्त बनाउन सहयोग गर्ने कोषाध्यक्ष यमन्ती गुरुङलाई पनि धन्यवाद व्यक्त गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!