चार्ल्टन नेपाली समाज यूकेको आइतबार वार्षिक समर कार्यक्रम

SHARE:

लन्डन २१ जुलाई २०२२ । चार्ल्टन नेपाली समाज यूकेको वार्षिक समर कार्यक्रम आइतबार जुलाई २४ तरिखमा आयोजना हुँदैछ । मध्याह्न १२ देखि साँझ ८ बजेसम्म स्थानीय मेरिडियन स्पोर्टस् क्लबको ग्राउन्डमा कार्यक्रम हुने चार्ल्टन नेपाली समाज यूकेले जनाएको छ ।

कार्यक्रममा समर बीबीक्यू, भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको लाइभ लोकदोहोरीसहितका थुप्रै आकर्षण रहनेछन् । सांगीतिक यात्राका क्रममा अहिले बेलायतमा रहेका लोकदोहोरीका चर्चित गायक रेशम निर्दोष र गायिका अनुपा थापा मगरको प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षण रहनेछ। उनीहरुले मनोरञ्जनात्मक गीतसंगीतका साथै लाइभ दोहोरी पनि प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा मनोरञ्जनका लागि अन्य स्थानीय कलाकारका गीत, नृत्यसंगै डिजे हेम विष्टसमेतको प्रस्तुति रहने समाजका उपाध्यक्ष प्रकाशराज कँडेलले जनाए । त्यस अवसरमा विगतमा जस्तै समाजले भलिबल प्रतियोगिता समेत सञ्चालन गर्ने भएको छ । प्रतियोगितामा साउथ इष्ट लन्डनका चार टीमहरुले भाग लिनेछन् भने दुई महिला टीमबीच एक मैत्रीपूर्ण खेल हुने भएको छ ।

सोही अवसरमा समाजले आफ्ना नवनियुक्त सल्लाहकारहरुलाई स्वागत गर्दै प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको सचिव टिएन रिजालले बताए।

कार्यक्रममा सहभागी हुन १५ पाउन्ड प्रवेश शुल्क लाग्नेछ भने बालबालिकालाई मात्र १० पाउन्ड लिइनेछ। सोही शुल्कमा सहभागीहरुलाई बीबीक्यूसहितको दुई कोर्स खाना सर्भ गरिनेछ। कार्यक्रममा सहभागिताका लागि समाजको तर्फबाट अध्यक्ष रेखा खरेलले साउथ इष्ट लन्डनका साथै बेलायतवासी सम्पूर्ण नेपालीहरुलाई आह्वान गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!