बिसीसी गुम्बाले छ्योखोर दुचेन पूजा आयोजना गर्ने

SHARE:

लन्डन २३ जुलाई २०२२ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले छ्योखोर दुचेन पूजा आयोजना गर्ने भएको छ ।

बुद्धका चार मुख्य तीथिमध्येको एक छ्योखोर दुचेन अर्थात् ठुक्पा छेश्यी तीथि आउँदो १ अगष्ट सोमबारका दिन पर्न गएकोले उक्त दिन सो ढुछेन पूजाको आयोजना गर्न लागिएको हो । उक्त दिन भगवान बुद्धले चार आर्य सत्यको बारे धर्मचक्र प्रवर्तन गरेको महान् तिथी भएकोले पनि बौद्ध धर्मावलम्बीहरुले विशेष पूजापाठ गर्दै आएका छन् । सोहीअनुसार अल्डरसटस्थित बिसीसी यूके गुम्बाले पनि विगत केही वर्षदेखि उक्त पूजाको आयोजना गर्दै आएको भए तापनि कोभिड–१९ पश्चात पहिलोपटक आयोजना गरिएको हो ।

बेलायतस्थित बौद्ध धर्ममा आस्थावान नेपाली संघसंस्थाहरुको समेत सहभागिता र सहयोगमा अगष्ट १ बिहान १० बजेदेखि अल्डरसटस्थित बिसीसी गुम्बामा उक्त पूजा सुरु हुनेछ । पूजामा काठमाडौं, बौद्धस्थित सेचन गुम्बाका वरिष्ठ खेन् रिन्पोछे घ्युर्मी छुल्टिम गुरुको विशेष सहभागिता रहने छ ।

त्यस्तै, बिसीसी गुम्बाका खेन्पो केल्जेङ्ग, लोपेन नोर्बुलगायत धर्म गुरुहरुको सहभागिता रहने बिसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक आङ्गदावा शेर्पाले जानकारी गराए । उनका अनुसार उक्त तीथिमा छोक पूजा, मर्मे पाठ, मलम पाठ, छ्योखोर नाच, दीप प्रज्ज्वलन, प्रवचन लगायतका धार्मिक कार्यक्रमहरु दिनभर हुने छ । साथै, उपाध्यक्ष शेर्पाले उक्त पुण्य तिथीको अवसरमा भोजन दान, चियापानी, खाजा, बत्ति, गुरु दक्षिणालगायतको दान गर्न सकिने बताउँदै ईच्छुक दानवीरहरुले बिसीसी यूके अल्डरसट गुम्बा वा सिधै आफूलाई सम्पर्क अनुरोध गरेका छन् ।

बेलायतमा आफ्नो भाषा, कला, संस्कार र संस्कृति संरक्षण तथा सम्वर्द्धन गर्ने, च्यारिटीमूलक कार्यहरु गर्ने, बौद्ध शिक्षा प्रवर्द्धन गर्नेलगायतका उद्देश्यका साथ स्थापना भएको बिसीसी यूकेले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । सोही अनुरुप यसपटक १ अगष्टका दिन आयोजना गर्न लागिएको छ्योखोर दुचेन पूजामा उपस्थितिका लागि कार्यक्रम संयोजक शेर्पाले बेलायतमा बसोबास गर्ने सम्पूर्ण बौद्ध धर्मावलम्बीहरुमा अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!