नेपाली ओपन कन्सर्टबाट मगर संघ युकेलाई साढे ३२ हजार पाउण्ड नाफा

SHARE:

लण्डन २७ जुलाई २०२२ । मगर संघ यूकेले आयोजना गरेको नेपाली ओपन कन्सर्टबाट साढे ३२ हजार पाउन्ड नाफा भएको छ ।

संघको आफ्नै भवनमा आइतबार बसेको पहिलो त्रैमासिक बैठकले नेपाली ओपन कन्सर्टको समीक्षा गर्दै साढे ३२ हजार पाउन्ड नाफा भएको मगर संघ युकेका कोषाध्यक्ष मोहन थापाले जानकारी गराइएको हो । बेलायतको फार्नबोरोस्थित फार्नबोरो फुटबल कलबमा संघले गत मे २९ मा कन्सर्ट आयोजना गरेको थियो । उक्त कार्यक्रमको आयव्यय विवरण संघका कोषाध्यक्ष मोहन थापाले बैठकमा पेस गरेका थिए ।

दुई नायिका सम्मानित
बैठकको अवसरमा मगर संघ यूकेले नायिकाहरु दीया पुन र मिरुना मगरलाई सम्मान गरेको छ । नायिका पुनलाई हालै विश्वको सर्वोच्च शिखर आरोहण गरेकोमा र मगरलाई उनी अभिनीत चलचित्र ‘कबड्डी ४’ ले कोभिड महामारीपछि तङ्ग्रिँदै गरेको नेपाली चलचित्र उद्योगमा सफलतापूर्वक ५१ दिन मनाउन सफल भएकोमा सम्मान गरिएको अध्यक्ष सीता पुनले जानकारी दिनुभयो । नायिका मगरले हालै ब्रुनेल विश्वविद्यालयबाट स्वर्ण पदक पनि पाएकी छिन् ।

सोही अवसरमा नेपालबाट कार्यक्रमको सिलसिलामा बेलायतमा आइपुगेकी गायिका गीता पाइजालाई पनि स्वागत गरिएको थियो ।

बैठकमा मगर संघ यूकेका संस्थापक अध्यक्ष थर्क राना, पूर्व अध्यक्ष मे रि कुलबहादुर थापा, संरक्षकहरु, शाखाका अध्यक्षहरु, सल्लाहकारहरु तथा कार्यसमितिका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो । अध्यक्ष सिता पुनको अध्यक्षता तथा महासचिव गुमानसिंह थापामगरको सन्चालनमा भएको बैठकमा महासचिव गुमानसिंह थापाले संघको सांगठानिक प्रतिवेदन पेस गरेका थिए भने हाउजिङ हेर्ने सहकोषाध्यक्ष थाम रोकाले आर्थिक जानकारी दिएका थिए ।

बैठकले आगामी एक वर्षको कार्यक्रमहरुको तिथि तय गरेको छ । जसअनुसार अर्को वर्षको ओपन कन्सर्ट मे १३ मा हुनेछ । बैठकमा नवनियुक्त सल्लाहकारहरुलाई पनि स्वागत गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!