गोर्खा नेपाली सोसाइटी स्विण्डन्द्वारा दोस्रो भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न 

SHARE:

जयराम तामाङ – बेलायत

गोर्खा नेपाली समाज स्विण्डन्द्वारा महिला र पुरुष दुवै टिमको दोस्रो भलिबल प्रतियोगिता यहि जुलाई ३० तारिख शनिबारको दिन भव्यताका साथ सम्पन्न गरेको छ। स्विण्डन स्थित न्यु कलेजको खेल मैदानमा सम्पन्न उक्त भलिबल प्रतियोगित्तामा पुरुष तर्फ़ १२ समुहले भाग लिएको थियो भने महिला तर्फ ६ समुहले भाग लिएको थियो।

लिग सिस्टम खेल्दै नाक आउट चरनमा खेलेको उक्त भलिबल प्रतियोगितामा स्विण्डन बरो काउन्सिलका मेयर अब्दुल अमिन प्रमुख अतिथिको रुपमा उपस्थित भएको थियो भने गुरुङ समाज स्विण्डनकि अध्यक्ष्य तिजु गुरुङ, गुरुङ समाज आमा समुहकी अध्यक्ष्य जया गुरुङ लगायत थुप्रै संघ संस्थाका प्रतिष्ठित व्यक्तित्वहरु अथितिको रुपमा उपस्थित रहेको थियो।

पुरुष खेलाडीहरुको लागि दर्ता तथा प्रवेश शुल्क १७० थियो भने महिला टिम दर्ता तथा प्रवेश शुल्क १२० पाउण्ड तोकिएको थियो। पुरुष समूह को बिजेता टिमलाई १५०० पाउण्ड नगद , मेडल र प्रमाण पत्र वितरण गरेको थियो भने दोस्रो तथा रनर अप टिमलाई १००० पाउण्ड नगद , मेडल र प्रमाण पत्र वितरण गरेको थियो। महिला समूह बाट बिजेता टिमलाई ८५० पाउण्ड नगद , मेडल र प्रमाण पत्र तथा उपविजेता लाइ ५५० नगद , प्रमाण पत्र र मेडल गोर्खा नेपाली समाज स्विण्डनकि अध्यक्ष्य चन्द्रकला लिम्बुले वितरण गरेकी थिइन ।

ग्रीनवीच टिम कि कबिता दूरा लाई महिला समूह बाट बेस्ट प्लेअर घोषित गरेको थियो भने पुरुष समूह बाट ग्रीनवीच ए टिमका संजोक गुरुङ लाइ बेस्ट प्लेअर घोषणा गरेको थियो। दुइ तिन जना नेपाली रेफ्री राखिएको भएपनि तिन जना रेफ्री भने गैर नेपाली राखिएको थियो। गैर नेपाली रेफ्री राखे पनि खेलाडीहरु र रेफ्रीहरुको बिचमा केहि सामान्य बादबिवादहरु भने भएको थियो। समाजका संरक्षक शिब राइले हेल्थ एण्ड सेफ़्टिको बारेमा ब्रिफिंग गरेको थियो भने उक्त भलिबल प्रतियोगिताका उपसंयोजक रुद्र पाइजाले खेलको नियमहरुको बारेमा ब्रिफिंग गरेका थिए। गोर्खा नेपाली समाजकी उपाध्यक्ष्य तथा भलिबल प्रतियोगिताकि संयोजक मनु पाइजाले स्वागत मन्तब्य दिएकि थिइन। महासचिब लाल लिङ्ग्देन ले संचालन गरेको सो भलिबल प्रतियोगितामा स्थानीय प्रहरीहरु , फ़ाइर एम्बुलेन्सका २ जना चालक फ़ाइर एम्बुलेन्स सहित उपस्थित रहेको थियो।

विभिन्न संघ सस्थाका पदाधिकारीहरु लगायत गोर्खा नेपाली समाजकि कोषाध्यक्ष्य कल्पना राइ, सल्लहाकार भोलाविक्रम राइ तथा समाजका पदाधिकारीहरुले भलिबल प्रतियोगिताको लागि आर्थिक तथा भौतिकरुपमा सहयोग गरेका थिए। स्मरण रहोस सोहि खेल मैदानमा गत हप्ताको शनिबार नेपाली स्विण्डन कप भव्यताका सम्पन्न भएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!