भव्य बन्यो गोरखाली समाज यूकेको वार्षिक भेटघाट

SHARE:

लन्डन १ अगस्ट २०२२ । कोभिडपछिको झन्डै ३ वर्षको अन्तरालमा गोरखाली समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष अशोक ढकालको अध्यक्षतामा ३० जुलाई शनिबार सामुयल कोडी स्पेसियलिस्ट स्पोर्टस् कलेज फानबोरोमा भेटघाट सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि संस्थका संरक्षक गोरखा निवासी डा राधव धिताल (OBE)/डा जानकी धिताल थिए भने अतिथिहरुमा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर, तमुधिं युकेका अध्यक्ष हित काजी गुरुङ, मगर संघ युकेका अध्यक्ष सीता पुनमगर, लमजुङ समाज युकेका अध्यक्ष दलबहादुर गुरुङ, तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङ, पाल्पाली भन्ज्याङ समाज युकेका अध्यक्ष बाचस्पति रेग्मी, मोना युकेका उपाध्यक्ष धन रोकामगर, तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङ साथै बिभिन्न संघ संस्थाका अतिथिहरूलाई उपस्थित थिए ।

कार्यक्रममा संयोजक एवं वरिष्ठ उपाध्यक्ष हेम गुरूङले स्वागत मन्तव्य राखेका थिए । यस्तै प्रमुख अतिथि, अतिथिहरुले मन्तव्य राखेका थिए । गोरखाली समाजको ट्रस्टीको प्रतिनिधित्व गर्दै विष्णुबहादुर तामाङ तथा सल्लाहकारको प्रतिनिधित्व गर्दै भरत रोकाले आआफ्नो धारणा राखेका थिए । निवर्तमान अध्यक्ष कर्ण दर्लामी मगरले पनि मन्तव्य राखेका थिए भने संस्थाले उनलाई सम्मान गरेको थियो । कार्यक्रम संस्थाका सचिव हिमालादेवी गुरुङले सञ्चालन गरेका थिए ।

बेलायतमा छरिएर बसेका जिल्लावासी दाजुभाइ, दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विविध लोकगीत, दोहोरी र नाच प्रस्तुत गरिएको थियो । मनोरञ्जन गराउने चर्चित कलाकार शान्ता रानी परियार, बिलन थापा र भूमिका शाह थिए ।

आकर्षक पुरस्कारको साथमा “राफल टिकट” पनि आयोजना गरिएको थियो । यस्तै कार्यक्रममा सहभागिका लागि स्वादिस्ट नेपाली खाना, बीबीक्यू साथै रुचीअनुसारको पेय पदार्थको व्यवस्था गरिएको थियो । समाजका अध्यक्ष, प्रमुख अतिथिलगायतले कार्यक्रममा प्रायोजन गर्नेहरुलाई कार्यक्रमको तर्फबाट सम्मान गरेका थिए ।

आफ्नो अमूल्य समय दिएर कार्यक्रमलाई सम्पन्न गर्नका लागि विभिन्न ठाउँबाट सहभागी गोरखाली समाज यूकेका सल्लाहकारहरू विष्णु तामाङ, राजकुमार गुरुङ, दिनेश गुरुङ, निराराज गुरुङ, बुवाआमा, काकाकाकी, मामामाइजु, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति अध्यक्ष अशोक ढकालले आभार व्यक्त गरेका थिए ।

अध्यक्ष ढकालले विगत दुई वर्ष सम्म कोभिड १९ ले गर्दा हुन नसकेको समर बीबीक्यू भेटघाट कार्यक्रममा उक्त अवधिमा जीवन गुमाउने जिल्लावासी, सदस्य, आजीवन सदस्य तथा शुभचिन्तकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवारजनमा समवेदना व्यक्त गरे ।

कार्यक्रमलाई सहयोग गर्ने सबै महानुभावहरु, समाजका कार्यसमितिका सम्पूर्ण टिम, ट्रस्टी, सल्लाहकार, आर्थिक सहयोगकर्ता, स्वयंसेवक, क्याटेरिङ प्रोभाइडरलाई अध्यक्ष ढकालले धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!