फागो चोङबाङ लिम्बु परिवार यूकेको वार्षिक भेला भव्यरुपमा सम्पन्न

SHARE:

भगिश्वर फागो चोङबाङ लिम्बु
यूके ३ अगस्ट २०२२ । फागो चोङबाङ लिम्बु परिवार यूकेको वार्षिक भेला कार्यक्रम विभिन्न नाचगान, कविता, गीत, गजल हाक्पारे, पालाम साथै च्याम्ब्रङ नाचको साथमा सम्पन्न भएको छ ।

दिलीपकुमार फागो चोङबाङ लिम्बु को अध्यक्षतामा ३१ जुलाई २०२२ आइतबार तदनुसार २०७९ साउन १५ गते लिम्बु परिवार यूकेको भेला कार्यक्रम आयोजना भएको हो । कार्यक्रम सबैभन्दा ज्येष्ठ नागरिक चन्द्रमाया फागो चोङबाङ लिम्बु र अध्यक्ष दिलीपकुमार फागो चोङबाङ लिम्बुले पानसमा दीप प्रज्ज्वलन गरेर उद्घाटन गरेका थिए ।

विश्वव्यापी महामारीको कारण चाहेर पनि केही वर्ष भेला स्थगित गर्नुपरेको बाध्यता रहेको भन्दै सम्पूर्ण उपस्थित महानुभावहरुलाई स्वागत र धन्यवाद दिँदै सचिव भगिश्वर फागो चोङबाङ लिम्बुले स्वागतस्वरुप कविता वाचन गरेका थिए ।

भेटैमा भयौं फेरि केही वर्ष पछि आज हामी
स्वागत गर्न चाहन्छु सबैलाई सेवारो भनी

चाहेर पनि भेट्न नसकिने कस्तो थियो अवस्था
विल्कुल सबैले आ-आफ्नो गर्नु थियो ज्यानको सुरक्षा

अफसोच नचाहँदा नचाहँदै पनि गुमाउनु पर्‍यो कोहीकोहीलाई
स्वर्गमा बास होस् भनी प्रार्थना गरौं तागेरा निङ्वा फू माङलाई

जिन्दगी एउटा अविरल बगिरहेने खोला जस्तै हो
राम्ररी हिँड्न नजाने अप्ठ्यारै अप्ठ्यारोको जात्रा हो

कयौं अप्ठ्याराहरु आई पर्दछन् यात्रा गर्ने क्रममा
होसियार आफै गरी हिँडौं नपरी अर्काको भरमा

दु:खमा हातमा साथ र सुखमा सँगसँगै रमाऔं
आउँ सबै मिली कहिल्यै नफुस्किने गाँठो बाँधौ

यो समयवधिमा सबैले अवश्य पनि महामारीको धेरै वा थोरै असर भोग्नु परेको थियो । त्यत्तिमात्र नभई नचाहँदा नचाहँदै पनि १-२ सदस्यहरुलाई गुमाउनु परेको र उनीहरुको चिरशान्तिको कामना गर्दै सम्झनास्वरुप १ मिनेट मौनधारण पनि गरिएको थियो।

सचिव भगिश्वर फागो चोङबाङ लिम्बुले सञ्चालन गरेको कार्यक्रममा सबै कार्यकारी सदस्यहरुले आ-आफ्नो महत्वपूर्ण भूमिका निभाएका थिए । यसक्रममा कोषाध्यक्ष योगेन फागो चोङबाङ लिम्बुले फाइनान्सियलसम्बन्धी र उपाध्यक्ष्य भरतमणि फागो चोङबाङ लिम्बुले फन एन्ड इन्टरटेन्मेन्टको जिम्मेवारी निभाएका थिए ।

कार्यक्रमलाई अघि बढाउने क्रममा मल्टी ट्यालेन्ट मोडल तथा डान्सरसुब्रिना फागो चोङबाङ लिम्बुले आकर्षक नृत्य प्रस्तुत गरी माहोल रमाइलो बनाएकी थिइन् । त्यस्तैगरी फौदबहादुर फागो चोङबाङ लिम्बुको ‘तिरीरी मुरली बज्यो वनैमा’ भन्ने बाँसुरीको धुनले सबैलाई एकचोटी आफ्नो अतितको याद दिलाएको आभाष गराएको थियो भने उनकै धर्मपत्नी नन्दकुमारी लावती फागो चोङबाङ लिम्बुको कविता र गजलहरुले सबैलाई मन्त्रमुग्ध बनाए ।

उच्चशिक्षा हाँसिल गर्ने बर्षा फागो चोङबाङ लिम्बुलाई हौसला तथा बधाई स्वरुप प्रशंसा पत्र पनि दिइएको थियो । अन्त्यमा जिन्दगी एउटा यात्रा हो अनि यो यात्रा हिँड्ने क्रममा धेरै खुड्किलाहरु अवश्य आउने छन् र जो व्यक्तिलाई साह्रो गाह्रो पर्छ सबै मिलेर दु:खमा हातमा साथ दिऔं सुखमा सँगसँगै रमाऔं भन्दै अर्को वर्ष भेट्ने बाचा र अनुरोध गर्दै अध्यक्ष दिलीपकुमार फागो चोङबाङ लिम्बुले कार्यक्रम समापनको घोषणा गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!