लिभरपुल नेपाली समाज बेलायतले वार्षिक साधारणसभा सम्पन्न

SHARE:

लन्डन ५ अगस्ट २०२२ । लिभरपुल नेपाली समाज बेलायतले वार्षिक साधारणसभा सम्पन्न गरेको छ। गत ३० जुलाई शनिबार समाजका सल्लाहकारहरु तथा कार्यसमितिको उपस्थितिमा मेक्सिकन हाउस रेस्टुरेण्टमा साधारणसभा भएको हो । साधारणसभामा समाजका अध्यक्ष देउमान इजमले एक वर्ष भरी समाजले गरेका विभिन्न क्रियाकलाप तथा आर्थिक प्रतिवेदन पेश गरे ।

सोही सभामा कार्यसमिति बैठकले यस वर्षको तीज अगष्ट २१ तारिखमा मनाउने र अक्टोबर २ मा दशैं कार्यक्रम गर्ने तय गरेको जानकारी पनि गराइयो । सो सभामा समाजको बाँकी १ वर्षको कार्यकाल सकिएपछि आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षहरुको व्यवस्था पनि गरिएको छ । दुई वर्षको सट्टा प्रत्येक अध्यक्षहरुको कार्यकाल १ वर्षको हुने छ भने बाँकी कार्यसमिति सदस्यहरुको कार्यकाल चाहिँ २ वर्ष हुनेछ।

आगामी कार्यकालका लागि सर्वसम्मत अध्यक्षहरुमा सन् २०२३-२४ का लागि डा. मनोहर बुढाथोकी, सन् २०२४-२५ का लागि प्रवीण घिमिरे, सन् २०२५-२६ का लागि हेमराज शर्मा, सन् २०२६-२७ का लागि इन्दुका घिमिरे र सन् २०२७-२८ का लागि देवी गुरुङ चुनिएका छन् ।

उपयुक्त कारण वा विशेष परिवेशमा भने अध्यक्षहरु फेरबदल पनि हुन सक्ने जनाइएको छ । समाजका अरु साधारण सदस्यले चाहेमा अध्यक्ष पद दावी गर्न सक्ने र त्यसका लागि समाजको विधानमा आवश्यक परिवर्तन गरिने पनि तय भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!