एनआरएनए यूकेको कार्यक्रममा उपस्थित नभएपछि राजदूत आचार्यप्रति आयोजक र सहभागीको आक्रोश

SHARE:

लन्डन ७ अगस्ट २०२२ । औपचारिक निमन्त्रण दिँदा पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको साधारणसभामा नेपाली राजदूत राजदूत ज्ञानचन्द्र आचार्य सहभागी नभएपछि संघ संस्थाहरुले विरोध जनाएका छन् ।

एनआरएनए यूकेको शनिबार अल्डरसटमा आयोजित साधारणसभामा प्रमुख अतिथिको बोलाइएका राजदूत आचार्य उपस्थित नभएपछि उनीप्रति आयोजक र सहभागीले आक्रोश पोखेका हुन्। कार्यक्रममा सहभागी बेलायतस्थित ३३ वटा नेपाली संघसंस्थाका प्रतिनिधिले संयुक्त वक्तव्य जारी गर्दै राजदूतको भूमिकाप्रति खेद व्यक्त गरेका छन् ।

विभिन्न ३३ वटा संस्थाका अध्यक्ष एवम् प्रतिनिधिले हस्ताक्षर गरेको वक्तव्यमा राजदूत आचार्यले निमन्त्रणा स्वीकार गरिसकेको कार्यक्रममा अन्तिम समयमा पूर्व जानकारीबिना अनुपस्थित भएर कार्यक्रमका आयोजक एवम् सहभागी सबैलाई अपमानित गरेको आरोप लगाइएको छ।

बेलायतवासी सम्पूर्ण नेपालीको अभिभावक हुनुपर्ने राजदूत कुनै एक स्वार्थ समूह र झुन्डको राजदूतको रुपमा भूमिका खेलेको भन्दै उनीहरुले सबैको साझा राजदूतको रुपमा भूमिका खेल्न आग्रह गरेका छन् ।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले राजदूतले अन्तिम समयमा अनुपस्थित रहेर एनआरएनए यूकेका साथै कार्यक्रममा उपस्थित बेलायतभरका संघसंस्थाका प्रतिनिधिहरुलाई अपमान गरेको आरोप लगाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!