संघीय लिम्बुवान र संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूकेको साधारणसभा सम्पन्न

SHARE:

नगेन्द्र नेम्वाङ
लन्डन ६ अगस्ट २०२२ । संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति यूकेको वार्षिक र संघीय लोकतान्त्रिक सामाजिक मञ्च प्रवास समितिको अर्धवार्षिकसभा सम्पन्न भएको छ ।

६ अगस्ट २०२२ शनिबारका दिन आयोजित कार्यक्रमको पहिलो चरणमा आमन्त्रित अथितिहरुलाई आसनग्रहण गराउँदै प्रमुख अतिथि देवी तुम्बाहाङ्फे र अध्यक्ष टंक खापुङले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्दै सहिदहरुको फोटोमा सम्मान र माल्यार्पण गरिएको थियो । लिम्बुवन आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सम्झना र सम्मानमा १ मिनेट मौनधारण गरेका थिए ।

सभाको अवसरमा रसमोर शाखामा नव तीन सदस्यहरु नरकुमारी सम्याङखाम, रुकमति चेम्जोङ, कमला जबेगुलाई सदस्यमा चयन गरेका थिए ।

संस्थाका महासचिव राम इजमले सांगठनिक वार्षिक प्रतिवेदन र अर्थमन्त्री तिलविक्रम तावाले आर्थिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनहरु सभामा उपस्थित महानुभावहरुले सर्वसम्मतले ताली बजाई सहमति जनाएका थिए ।

अध्यक्ष टंक खापोङले नेपालको वर्तमान समसामयिक राजनीति, लिम्बुवानको गतिविधि, विगतमा भएको कमीकमजोरी, भविष्यमा अपनाउनु पर्ने कार्ययोजनाहरु औंल्याएका थिए ।

संघीय लोकतान्त्रिक सामाजिक मञ्च उपाध्यक्ष खड्गजंग आङ्बुहाङ र सलिसा मञ्च उपाध्यक्ष जगत सुहाङले संस्थाको बारे संक्षिप्त मन्तव्य राखेका थिए ।

सभामा उपस्थित साधारण सदस्यहरुको संस्थाप्रति चासो जिज्ञासा, प्रश्नहरु अध्यक्ष खापोङ र महासचिव राम इजमले सुल्झाएका थिए ।

विशेष अतिथि चुँडामणि तुम्बाहाङ्फे प्रमुख अतिथि देवी तुम्बाहाङ्फेले सभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

टंक खापोङको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभामा उपाध्यक्ष जगत सुहाङले स्वागत मन्तव्य र उपाध्यक्ष कृष्ण लिङदेनले सभा अवधिभरि आपतकालीन आइपरिहालेमा अपनाउनुपर्ने सुरक्षा सम्बन्धी जानकारी गराएका थिए ।

कार्यक्रम महासचिव राम इजम र संघीय लोकतान्त्रिक सामाजिक मञ्च प्रवास समितिका महासचिव दिप तुम्वापोले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!