लण्डन अगस्त ९ ।

मनोक्रान्ती टीम युकेमा थप कार्य समिती चयन गरेको छ ।
सङ्सारलाइ बदल्नु छ सुरु आफैबाट गर्नु छ भन्ने नाराका साथ नेपालका युवा दार्सनिक डा. योगि बिकाशानन्दद्वारा प्रतिपादित मनोक्रान्ती दर्सन बेलायतबासी जन समुदायमा प्रशिक्षण दिदै शारिरिक रुपमा स्वास्थ तन्दुरुस्त र मानसिक रुपमा आनन्द प्राप्तिका लागी योग ध्यान प्रणायाम प्रशिक्षण दिनुका लागी एक बर्स अगाडी योग प्रशिक्षक एवम रेकि मास्टर नगेन्द्र राज नेम्बाङ्गको अध्यक्षतामा मनोक्रान्ती योगा च्याराइटी क्लब फार्नबोरो खडा गरिएको हो। यसमा थप उपाध्यक्ष प्रमिला लाबुङ राइ कोशाध्यछ्य कुमार एस के गुरुङ सदस्यहरुमा छबी सेलिङ होमा लिम्बु योग प्रशिक्षक गोप बहादुर सिङ्जाली मगर युवा सङ्योजक शान्ती लिम्बु ,सङ्स्थापक सल्लाहकारहरुमा खड्गजङ आङ्बुहाङ र भक्तिहाङ नेम्बाङ चयन भएका छन् ।
नवनियुक्त पदाधिकारिहरुलाइ अध्यक्ष नेम्बाङ् र सल्लाहकार खड्गजङ आङ्बोहाङ्ले खादा ओडाइ स्वागत सम्मान गरेका थिए । यहि सुनौलो अवसरमा सदस्य गोप बहादुर सिङ्जाली मगरलाइ ६० घन्टा योग टीचर्स ट्रेनिङ सफलतापुर्बक सम्पन्न गरेकोमा योग शिक्षकको प्रमाण पत्र प्रदान गरिएको थियो । कोशाध्यक्ष नरेन्द्र तुम्बापोको परिवारिक ब्यस्तताको कारण कोशाध्यक्षको कार्यभार कुमार एस के गुरुङ्लाइ सुम्पिएको हो। नेम्बाङको अध्यक्षतामा पुर्ण गठित उपाध्यक्षहरु धन कुमार नेम्बाङ प्रमिला लाबुङ राइ सचिव भगिस्वर फागो चोङ्बाङ कोशाध्यक्ष कुमार एस के गुरुङ सदस्यहरु होमा लिम्बु , छबी सेलिङ ,योग प्रशिक्षक गोप बहादुर सिङ्जाली मगर र युवा सङ्योजक शान्ती लिम्बु गठन गरिएको छ। अध्यक्ष नेम्बाङले अब चाडै बेलायतको बिभिन्न स्थानहरुमा च्याराइटी योगा कक्षाहरु सन्चालन गर्ने न्युनतम सुल्क सन्कलन गरि नेपालमा रहेका अपाङ्ग असहायहरुलाइ सहयोग गर्ने बताए ।
सल्लाहकार आङ्बुहाङ र उपाध्यक्ष प्रमिला लाबुङ राइले मनोक्रान्ती अहिले को आबस्यकता हो हामी सबले यसबाट लाभ लिन सकौ र हाम्रो टीमबाट अरुले पनि लाभ लिन सकुन भन्ने मन्तब्य राखेका थिए। नवगठित सबै पदाधिकारिलाइ बधाई सुभकामना आदानप्रदान र धन्यवाद दिदै अध्यक्ष नेम्बाङले बैठकको समापन गरेका थिए ।






