१९ अगस्टमा भूपू गोर्खाहरुले लन्डनमा प्रदर्शन गर्ने

SHARE:

लन्डन ११ अगस्ट २०२२ । गोर्खा भूतपूर्व सैनिकहरुले अगष्ट १९ तारिखका दिन बेलायतको राजधानी लन्डनमा प्रदर्शन गर्ने भएका छन् ।

गोर्खा भूतपूर्व सैनिकहरुको विभिन्न १० वटा संस्थाहरुको सोमबार बसेको बैठकले सर्वसहमतिले सो निर्णय गरेको हो । अगष्ट १९ लाई गोर्खाहरुको भोकहड्ताल भंग भएको वर्षगाँठका रुपमा पनि मनाइने भएको छ ।

समानताको माग गर्दै गत वर्ष गोर्खा सैनिकहरु ज्ञानराज राई र धनबहादुर गुरुङ तथा गोर्खा सैनिककी श्रीमती पुष्पा राना घले आमरण अनसन बसेका थिए । गोर्खा सैनिकका समस्याका बारेमा दुई देशका प्रतिनिधिबीच वार्ता गर्ने लिखित प्रतिवद्धता पछि अनसन तोडिएको थियो । गोर्खाहरुले अगष्ट १९ को आन्दोलनलाई दुई देशका सरकारी प्रतिनिधिबीच वार्तामा भइरहेको ढिलाइप्रति दबाब दिने कडीका रुपमा प्रयोग गर्ने भएका छन् । उनीहरुले सबै गोर्खासम्बद्ध संस्थाहरुलाई बढीभन्दा बढी मानिस सहभागी गराउन आह्वान गरेका छन् । बैठकमा सहभागी गेसोका नरहाङ राईले अहिलेसम्म दुई सरकारबीचको वार्ताका लागि टर्म्स एण्ड रिफरेन्स (टीओआर) बनाउन बैठक बस्ने भनेर पटकपटक आश्वासन दिइए पनि बैठक बस्न नसकेकोले त्यसका लागि दबाब दिन पनि प्रदर्शन गर्ने बताए । सो दिन लण्डनको भूमिगत रेलमा हडताल भएकाले वैकल्पिक व्यवस्था गर्न पनि आयोजकहरुले अनुरोध गरेका छन् ।

अगष्ट १९ को प्रदर्शन ट्राफालगर स्क्वायरबाट दिनको १ बजे शुरु हुने छ त्यहाँबाट बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रीटतर्फ बढ्नेछ । त्यसपछि गोर्खा सैनिकका नेताहरुले सम्बोधन गर्नेछन् ।

भर्चुअल बैठकमा गोर्खा दुत मेजर जुधबहादुर गुरुङ, गोर्खा सत्याग्रहका तर्फबाट होमबहादुर सुनुवार, रामबहादुर राई, अनसनकारीहरु ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राना घले, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का तर्फबाट नरहाङ राई, ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्रदल देवान जेपी, मेजर रिटायर्ड उदयबहादुर गुरुङ र नेपाल भूतपूर्व सैनिक संघ (नेसा) का दिलबहादुर जिसी सहभागी थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!