बेलायत र भारतबीच स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौं चरणको वार्ता

SHARE:


लन्डन ११ अगस्ट २०२२ । भारत र बेलाइतले गत महिना भारत-बेलाइत स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौं चरणको वार्ता सम्पन्न गरेको छ ।

वाणिज्य र उद्योग मन्त्रालयले बिहीबार सो बारे जानकारी दिंदै हाइब्रिड शैलीमा प्राविधिक वार्ताहरू सम्पन्न गरेको बताएको छ। भारतको नयाँ दिल्लीमा केही वार्ताकारहरू प्रत्यक्ष र अधिकांश वार्ताकारहरू भर्चुअल रूपमा वार्तामा सहभागी भएका थिए ।

यस चरणको वार्ताका लागि दुवै पक्षबाट जम्मा ८५ सत्रमा विभिन्न १५ क्षेत्रमा छलफल भएको थियो।

भारतीय र बेलाइती अधिकारीहरूले सन् २०२२ अक्टोबरको अन्त्यसम्ममा व्यापक र सन्तुलित स्वतन्त्र व्यापार सम्झौतालाई निष्कर्षमा पुर्याधउने लक्ष्य तय गरेका छन् ।
भारत र बेलाइतले यस वर्ष जनवरीमा स्वतन्त्र व्यापार सम्झौताका निम्ति वार्ता शुरु गरेका थिए। दुवै देशले द्वीपक्षीय व्यवसायहरूलाई फाइदा पुग्ने गरी सम्झौता गर्न खोजिरहेका छन् । गत महिना वाणिज्य सचिव बीभीआर सुब्रह्मण्यमले भारत र बेलाइत बीचको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) वार्ता अगस्टको अन्त्यमा पूरा हुने सम्भावना रहेको बताएका थिए ।

बेलाइतसँग दुईवटा एमओयु र फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेपछि सञ्चारमाध्यमसँग कुरा गर्दै सुब्रह्मण्यमले भारत-बेलाइत एफटीए वार्ता अगस्ट ३१ सम्ममा टुङ्गिने र दुवै पक्षको आन्तरिक स्वीकृतिपछि सम्झौतामा हस्ताक्षर गर्न तयार हुने बताएका थिए ।

प्रस्तावित एफटीएमा बेलाइतमा सरकार परिवर्तनको प्रभावको बारेमा सुब्रह्मण्यमले बेलायतमा सत्तामा जुनसुकै दल आए पनि भारतसँगको एफटीए परिवर्तन नहुने बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!