ग्रीनवीच कप भलिबल प्रतियोगिता अगष्ट २७ मा हुने

SHARE:

लण्डन अगस्ट १३ ।

ग्रीनवीच कप भलिबल प्रतियोगिता अगष्ट २७ मा हुने भएको छ ।

ग्रीनवीच भलिबल परिवारले आयोजना गर्दै आएको भलिबल प्रतियोगिता भेटेरान र खुला गरी दुई विधामा खेलाइने र सो भलिबल प्रतियोगितामा भाग लिन चाहनेहरुले अगष्ट २६ भित्रमा दर्ता गरिसक्नु पर्ने आयोजकले जानकारी दिएका छन् । दर्ता शुल्क खुलातर्फ १७५ पाउण्ड र भेटेरानतर्फ १४० पाउण्ड तोकिएको छ ।

खेल २७ अगष्ट बिहान ९ बजेदेखि रोयल आर्टिलरी ब्यारेक, रेस्पोजिटोरी रोड, उलवीचमा हुने बताइएको छ । प्रतियोगितामा खुला विधाका विजेता टीमलाई १५०० पाउण्ड नगद र उपविजेता टीमलाई १ हजार पाउण्ड नगद पुरस्कार राखिएको छ भने भेटेरानतर्फ विजेता टोलीले ९०० पाउण्ड नगद र उपविजेता टोलीले ५०० पाउण्ड नगद पुरस्कार पाउनेछन् ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर र म्यान अफ द म्याचको पुरस्कार पनि प्रदान गरिने परिवारका अध्यक्ष रविन्द्र रोकामगरले बताए । परिवारले बेलायतमा अन्य भलिबल प्रतियोगिताहरुमा पनि सहभागी हुँदै पुरस्कार जित्दै आएको छ भने केही वर्षदेखि आफैँ प्रतियोगिता पनि आयोजना गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!