एनआरएनए यूकेद्वारा एक वर्षको आर्थिक प्रतिवेदन सार्वजनिक

SHARE:

लण्डन अगस्ट १५ ।

गैरआवासीय नेपाली संघ एनआरएनए यूकेले वार्षिक आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

कोषाध्यक्ष विष्णु खरेलले आइतबार सार्वजनिक गरेको प्रतिवेदनले विगत एक वर्षमा संस्थामा आम्दानीको तुलनामा खर्च पांच गुणा बढी भएको देखाएको छ । एक वर्ष अवधिमा संस्थाको खर्च ५८ हजार ४७२ पाउन्ड पुगेको प्रतिवेदनमा उल्लेख छ । साथै, अध्यक्ष प्रेम गाहामगरको दबाबका कारण १२ हजार पाउन्ड बढी रकम विवरण नखुलेको शीर्षकमा खर्च भएको प्रतिवेदनमा जनाइएको छ ।

बाढी पीडितका नाममा दश लाख रुपैयां ६११६ पाउण्ड सुरेन राईको व्यक्तिगत खातामा पठाइएको तर त्यो कहां कसलाई वितरण गरियो, को प्रतिनिधि सहभागी थिए, स्पष्ट नभएको कोषाध्यक्षको प्रतिवेदनमा छ । संस्थालाई आइसीसी उम्मेद्वारहरुबाट च्यारिटी कार्यक्रममार्फत् २२ हजार पाउन्ड प्राप्त भएको तर खर्च कटाएर १२ हजार ९ सय ५५ पाउन्ड मात्र जोगिएको जनाइएको छ । च्यारिटीमा मदिरापानमा बढी खर्च भएको पाइएको छ ।

प्रेम गाहामगरले नेतृत्व सम्हालेको एकसय दिनको अवसरमा आयोजित महोत्सवमा ९ हजार पाउण्ड खर्च गरिएको छ । बाजागाजामा मात्र ओम थापामगरले १९५० पाउण्ड लगेका छन् । शुरुमा त्यो स्वयंसेवावापत निशुल्क उपलब्ध हुने भनिएको कोषाध्यक्ष खरेलले बताए । एनआरएनए आइसीसीलाई लेबी वापत पठाइएको ३९ हजार २८५ पाउण्ड ७३ पेन्सको पनि कोषाध्यक्ष खरेलले प्रतिवाद गरेका छन् ।

अल्डरसटस्थित कार्यालयमा मासिक खर्च झण्डै १५ सय पाउण्ड हुने गरेको तर आयश्रोत नियमित नभएपछि त्यो खर्च बेहोर्न पनि नसकिने स्थिति आएको खरेलले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!