तमु कलाकार संघ गण्डकीमा पुनः सुरेन्द्र

SHARE:

पोखरा । तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः सुरेन्द्र गुरुङको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा माया गुरुङ (तनहुँ), उपाध्यक्षमा बिक्रम गुरुङ (स्याङ्जा), महिला उपाध्यक्षमा इन्द्रा गुरुङ (पर्वत), महासचिवमा टसबहादुर गुरुङ (लमजुङ), नेत्र गुरुङ (स्याङ्जा), महिला सचिवमा ज्योति गुरुङ (बागलुङ), सहसचिवमा डबिन गुरुङ (पर्वत), कोषाध्यक्षमा सबिना गुरुङ (कास्की) र सहकोषाध्यक्षमा दिलु गुरुङ(स्याङजा) रहेका छन् ।

यसैगरी विदेश विभाग प्रमुखमा गौरी गुरुङ, साँस्कृतिक विभाग प्रमुखमा सबिन गुरुङ (लमजुङ), अतिरिक्त विभाग प्रमुखमा ओम गुरुङ (स्याङ्जा), महिला विभाग प्रमुखमा रबिना गुरुङ र सचिवालय सदस्यहरुमा पूजा गुरुङ (लमजुङ), रामप्रसाद गुरुङ (स्याङ्जा), मिना गुरुङ (गोर्खा) चयन भएका छन् ।

यसरी नै सदस्यहरुमा रनु गुरुङ (गोर्खा), संगीता गुरुङ (लमजुङ), ममता गुरुङ (स्याङ्जा), सिता गुरुङ (तनहुँ), धनप्रसाद गुरुङ (तनहुँ), युमिन्द्र गुरुङ युबिन (स्याङ्जा), काजी गुरुङ (स्याङ्जा), सुनिमा गुरुङ (गोर्खा) र रोशन गुरुङ (स्याङ्जा) चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक हुमबहादुर गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । निर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङले प्रतिबद्धता व्यक्त गर्दै तीन वर्षे कार्यकाल नमुना बनाउने घोषणा गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!