तस्बिर सौजन्य : कुशल श्रेष्ठ
लन्डन २१ अगस्ट २०२२ । नेपाली दूतावास लन्डनमा हिन्दु नेपाली नारीहरुको पर्व हरितालिका तीज मनाइएको छ ।
राजदूत ज्ञानचन्द्र आचार्यकी धर्मपत्नी सुनिता आचार्यले शनिबार आयोजना गरेको विशेष कार्यक्रममा झण्डै एक सय जना दिदीबहिनी सहभागी भए । केही पुरुषसमेत सहभागी कार्यक्रममा दूतावासले चेलीहरुलाई दर ख्वाएर तीजको शुभकामना दिएको थियो ।
प्रमुख अतिथी आचार्यले तीजको शुभकामना दिंदै प्रवासमा पनि नेपाली चाडपर्व र कला संस्कृति जगेर्नामा जोड दिइन् । कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु भूपेन्द्र थापा र तारा श्रीसले विशेष प्रस्तुति दिएका थिए । उनीहरुलाई दूतावासका तर्फबाट सम्मान पनि गरिएको थियो ।
दूतावासकी उपनियोग प्रमुख रोशन खनालले दूतावासले नेपाली चाडपर्व र कला- संस्कृतिलाई सधैं विशेष प्राथमिकता दिने उल्लेख गर्दै यस्तो तीज कार्यक्रमले दिदीबहिनीहरुबीच आत्मियता र आपसी सम्बन्ध वृद्धि गर्न सघाउने बताइन् ।






