पूर्ण गुरुङ लण्डन अगस्ट २३ ।

बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) ले सेचेन खेन्चेन घ्युर्मि छुल्त्रिमको बिदाई तथा टुल्कु जिग्मे साम्तेनलाई स्वागत गरेको छ ।
गत शनिबार २० अगष्टका दिन अल्डरसटस्थित गुम्बामा बिदाई तथा स्वागत गरिएको हो । बीसीसी युकेले गत १ अगष्टका दिन आयोजना गरेको छ्योखोर दुचेन पुजाको अवसरमा अतिथिको रुपमा नेपालबाट आएका सेचेन खेन्चेन छुल्त्रिमलाई बीसीसी युकेले बिदाई बिदाई गरेका हुन् । त्यस्तै, यसअघि बीसीसी युकेको निमन्त्रणामा बेलायत आइसकेका टुल्कु साम्तेनलाई दोस्रोपटक बीसीसी गुम्बामा पुनः स्वागत गरिएको हो ।
सेचेन खेन्चेन गुरु गत ३० जुलाईका दिन बेलायत आएका थिए भने टुल्कु गत १८ अगष्टका दिन बेलायत आएका हुन् । उक्त दिन उनीहरुलाई औपचारिक रुपमा स्वागत तथा बिदाई गरिएको हो । ३ हप्ते बसाईको क्रममा सेचेन खेन्चेनले नेपाली दूतावास लण्डन, बाकिमहम प्यालेसलगायतका लण्डनका महत्वपूर्ण स्थानको भ्रमण गरेका थिए । त्यस्तै, थाउजेन्ट बुद्ध रेडिङ, डायमन्ड बुद्धिष्ट सेन्टर लण्डन, मन्जुश्री आमा समूह केन्ट, बीसीसी केन्ट, स्कटल्याण्डलगायतका भक्तजनहरुसंग भेटघाट गरेका थिए । साथै, उनले ब्राईटनस्थित खेन्पो सोन र लण्डनस्थित छमे रिन्पोछेसंग भेटघाट गरेका थिए ।

त्यस्तै, टुल्कु गुरु साम्तेनले एक बर्ष बीसीसी युकेमा रहेर विभिन्न पूजापाठ, बौद्ध दर्शन प्रवचन दिने छन् । उक्त बिदाई तथा स्वागत कार्यक्रमको पहिलो चरणमा सेचेन खेन्चेन रिन्पोछे, टुल्कु जिग्मे सामतेन, काल्जङ्ग, लोपेन नोर्बुले क्षेमा तथा घनचक्र पुजा गरेका थिए । पुजापाठ पश्चात दोस्रो चरणमा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले सेचेन खेन्चेन छुल्त्रिमलाई खादा लगाई बिदाई गरेका थिए भने टुल्कु जिग्मे सामतेनको स्वागत गरेका थिए ।
बौद्धस्थित सेचन गुम्बाका वरिष्ठ गुरु समेत रहेका सेचेन खेन्चेनले बीसीसी युकेले आफूलाई गरेको स्वागत तथा सम्मानका लागि धन्यवाद दिए । साथै, उनले सेचेन गुम्बा र बीसीसी युकेबीचको सम्बन्ध अझ गाढा हुदै जाने विश्वास व्यक्त गरे । त्यस्तै, हालै बेलायत आइपुगेका टुल्कु सामतेनले बीसीसी युकेमा आएर फेरी भक्तजनहरुलाई सेवा गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै सबैमा सुख तथा सम्वृद्धिको कामना गरे ।

सो अवसरमा बीसीसी युकेका अध्यक्ष तामाङ्गले बीसीसी युकेले बुद्धको चार तीथिमध्येको एक महत्वपूर्ण तीथि दुचेनको अवसरमा आयोजित पूजामा बिशेष सहभागीता जनाइदिएकोमा सिंगो बीसीसी युके र भक्तजनहरुकोतर्फबाट धन्यवाद दिए । साथै, उनले सेचेन खेन्चेन गुरुबाट बुद्ध दर्शन तथा ज्ञान बुझ्ने र सिक्ने मौका मिलेको बताए । त्यस्तै, बीसीसी युकेको अनुरोधमा पुनः बीसीसी युकेमा आएका टुल्कु साम्तेन गुरुलाई स्वागत गर्दै टुल्कु गुरुबाट बेलायतवासी बौद्धमार्गीहरुले धेरै ज्ञानगुणका कुराहरु सिक्न पाउने विश्वास व्यक्त गरे ।
उक्त बिदाइ तथा स्वागत कार्यक्रममा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, संस्थापक अध्यक्ष काजी शेर्पा, पूर्व अध्यक्ष ले।रि। नारायण प्रसाद गुरुङ बिएमई, निवर्तमान अध्यक्ष नरेश गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार जंग बहादुर गुरुङ, उपाध्यक्ष हर्क गुरुङ, उपाध्यक्ष आङ्गदावा शेर्पा, उपाध्यक्ष रोबिन गुरुङ, महासचिव क्यप्टेन देब घले, बीसीसी युके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्गलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्य, भक्तजन एवं शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै, आमा अध्यक्ष उर्मिला गुरुङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, सचिव शारदा गुरुङ, बीसीसी युके लण्डन शाखा अध्यक्ष दिलमाया गुरुङलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो । बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गको अध्यक्षता, उपाध्यक्ष रोबिन गुरुङको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमलाई महासचिव क्याप्टेन देब घलेले संचालन गरेका थिए ।

स्मरण होस्, सेचेन खेन्चेन गुरुलाई २१ अगष्टका दिन बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, निवर्तमान अध्यक्ष नरेश गुरुङलगायतले हिथ्रो एयरपोर्ट पुगी बिदाई गरेका थिए ।






