लन्डनमा १३ औं नेपाली मेला सम्पन्न, एम्बास्डर कप घान्द्रुक समाज यूकेलाई

SHARE:

पूर्ण गुरुङ
लन्डन २९ अगस्ट २०२२ । नेपाली समुदाय बेलायतमा अत्यन्त लोकप्रिय नेपाली मेला विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । गत आइतबार २८ अगष्टका दिन लन्डनस्थित क्याम्पटन पार्क रेसकोर्षमा १३ औं नेपाली मेला सम्पन्न भएको हो । मेलाको आर्कषणको रुपमा रहेको एम्बासेडर कप घान्द्रुक समाज यूकेले हात पारेको छ । त्यस्तै, गत बर्षको विजेता सिक्लेस पार्चे कम्युनिटी यूके दोस्रो र तमु समाज यूके तेश्रो भए । उनीहरुलाई क्रमश: एक हजार १ सय पाउण्ड, ७ सय पाउण्ड र ५ सय पाउण्ड नगद सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, बिजेता घान्द्रुक समाज यूकेले एनआरएनए कप र नगद ३ सय पाउण्ड समेत हात पारेको छ ।

नेपाली दूतावास लन्डनको सहकार्यमा सम्पन्न कार्यक्रममा ३२ वटा संघसंस्थाले आ–आप्mनो संस्कृतिमा आधारित झाँकी र १४ वटा संघसंस्थाले नृत्य प्रदर्शन गरेका थिए । झाँकीतर्फ भने सिक्लेस पार्चे कम्युनिटी यूके प्रथम, घान्द्रुक समाज यूके दोस्रो र किराँत राई यायोक्खा तेश्रो भएका थिए । त्यस्तै, नृत्यतर्फ तमु समाज यूके प्रथम, घान्द्रुक समाज यूके दोस्रो र किरात राई यायोक्खा तेश्रो भएका थिए । उनीहरुलाई क्रमशस् ५०० पाउण्ड, ३०० पाउण्ड र २०० पाउण्ड, प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो । सोही झाँकी र नृत्य प्रस्तुतिको आधारमा एम्बासेडर कपको विजेता घोषणा गरिएको हो । जुन कप नेपाली दूतावास लन्डनले प्रायोजन गर्दै आएको छ । त्यस्तै, चारभञ्ज्याङ्ग तमु समाज यूके र किराँत थाक्थुङ्ग चुम्लुङ्ग यूकेले सान्त्वाना पुरस्कार स्वरुप २००/२०० पाउण्ड नगद र प्रमाण पत्र प्रदान गरियो ।

उक्त नेपाली मेलामा एम्बासेडर कप, एनआरएनए यूके कपलगायत झाँकी तथा नृत्यतर्फका बिजेता संघसंस्थाहरुलाई बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्य, एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, तमु धिं यूके अध्यक्ष हित काजी गुरुङ, तमु धिं यूके संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, तमु धिं यूकेका पूर्व अध्यक्षहरुलगायत पुरस्कार प्रायोजकहरुले कप, नगद, प्रमाण पत्र र मेडलहरु वितरण गरेका थिए । उक्त एम्बासेडर कपतर्फ अस्मिता एण्ड एशोसिएटका एलएन पाण्डेले प्रथम पुरस्कार ११ सय पाउण्ड, तमु धिं यूकेले दोस्रो पुरस्कार ७०० पाउण्ड, एनआरएनए आईसीसी सदस्य समीर खनालले तेस्रो पुरस्कार ५०० पाउण्ड प्रयोजन गरेका थिए । त्यस्तै, झाँकीतर्फ नृत्यतर्फ इड्जा एड्भाईस एण्ड इन्स्योरेन्सका निमा शेर्पाले प्रथम पुरस्कार ५०० पाउण्ड, एम्पायर हल अल्डरसटका पुरन गिरिले दोस्रो पुरस्कार ३०० पाउण्ड र एनआरएनए इंग्याल्याण्ड अध्यक्ष एलबीजेड गुरुङले तेश्रो पुरस्कार २०० पाउण्ड प्रायोजन गरेका थिए । त्यस्तै, नृत्यतर्फ आईएमई नेपाल यूकेका कमल पौडेलले प्रथम पुरस्कार ५०० पाउण्ड, तान्चोक च्यारिटी एण्ड सोसल वर्कर देृवान गुरुङले दोस्रो पुरस्कार ३०० पाउण्ड, एब्सटे«क्ट डिजाइन एण्ड डेब्लोपका सुमन श्रेष्ठले तेश्रो पुरस्कार २०० पाउण्ड प्रयोजन गरेका थिए । त्यस्तै, राफल ड्र तर्फ, अनुग्रह ज्वलर्सका सुमन श्रेष्ठले प्रथम पुरस्कार एक तोला सुन, गोर्खा ट्राभल्सका दिलरास गुरुङले आईप्याड र एभरेष्ट लिंक अल्डरसटका मिलन गुरुङले आईप्याड प्रायोजन गरेका थिए ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत आचार्यले प्रमुख अतिथिको आशनबाट, तमु धिं यूकेले आयोजना गर्दै आएको नेपाली मेलाले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै नेपाली मेलाको सफलताको शुभकामना दिए । त्यस्तै, आयोजक तमु धिं यूकेका अध्यक्ष हित काजी गुरुङले नेपाली दूतावास लन्डन, बेलायतमा रहेका नेपाली संघसंस्था, पुरस्कार प्रायोजक, उद्यमी, व्यापारी, दर्शकहरुको साथ, समर्थन र सहभागीताले नेपाली मेला आयोजना गर्न सफल भएको बताउँदै सबैलाई धन्यवाद दिए ।

बेलायतस्थित विभिन्न देशका कुटनैतिक नियोगका राजदूत एवं अधिकारीहरुको समेत बिशेष उपस्थिति रहेको कार्यक्रममा झाँकी तथा नृत्य प्रस्तुत् गरेका विभिन्न संघसंस्थाका प्रतिनिधिले आ–आफ्ना संस्थाको बारे जानकारी दिएका थिए ।

नेपालका वरिष्ठ पत्रकारहरुको समेत बिशेष उपस्थिति रहेको कार्यक्रममा नेपाली तारा दीपक लिम्बु, भ्वाईस अफ नेपालका उपविजेता तारा श्रीष मगरलगायत कलाकारहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत् गरेका थिए । तमु धिं यूके सल्लाहकार पूर्व प्रअ एकेन्द्र गुरुङले नृत्य तथा झाँकी प्रस्तुतीको निर्णायक मण्डलको संयोजन गरेका थिए । झाँकीतर्फ बिमला सेने, कल्पना राई, गोमा राना, प्रमिला लाबुङ राई, पदम राज गुरुङ र नृत्यतर्फ सरु गुरुङ राना, कविता घर्ति मगर गुरुङ, एलिना गुरुङ र कृष्ण गुरुङले निर्णायकको भूमिका खेलेका थिए ।

खानाको २ वटा र विभिन्न उद्यमी, व्यापारी, व्यवसायी, च्यारिटी संस्थालगायतले आफूले ग्राहकहरुलाई दिने सेवाको बारेमा जानकारी गराउने उद्देश्यका साथ करीब ३९ वटा स्टलहरु राखिएका थिए ।

तमु धिं यूकेका अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली मेलाका संयोजक एवं तमु धिं यूकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव परशुराम गुरुङले औपचारिक कार्यक्रम संचालन गरेका थिए । त्यस्तै, सूर्य गुरुङ, सिर्जना गुरुङ, योगेश गुरुङ, पुनम गुरुङले साँस्कृतिक कार्यक्रम संचालन गरेका थिए ।

फोटो : मिलन तमु

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!