बेलायतको विमान वाहक एचएमएस प्रिन्स अफ वेल्स बाटोमै बिग्रियो

SHARE:

लन्डन २९ अगस्ट २०२२ । बेलायतको सबैभन्दा ठूलो युद्धपोत बेलायतको एचएमएस प्रिन्स अफ वेल्स विमानवाहक जहाज दक्षिणी इङ्गल्याण्डको पोर्ट्समाउथ बन्दरगाहबाट बाहिरिने बित्तिकै बिग्रिएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन्।

सन् २०१७ मा पहिलो पटक लन्च गरिएको सो विमान वाहक शनिबार दिउँसो पोर्ट्समाउथबाट पाल छोडेको केही समयपछि बिग्रिएको जनाएको छ।
“एचएमएस प्रिन्स अफ वेल्स दक्षिण कोस्ट एक्सरसाइज एरियामा रहेको र हाल अनुसन्धान चलिरहेको,” रोयल नेवीका प्रवक्ताले युके डिफेन्स जर्नललाई बताएका छन् ।

रोयल नेवीले अब “त्यस विमानबाहकको इन्जिनमा देखिएका अन्य मुद्दामा अनुसन्धान गरिरहेको,” प्रवक्ताले द गार्डियनलाई उद्धृत गर्दै जनाएका छन् ।
सो विमान वाहाक ३.५-बिलियन अमेरिकी डलर बराबार मूल्यको रहेको र ६५,००० टन वजनको रहेको बताइएको छ। युद्धपोत संयुक्त राज्य अमेरिकामा चार महिनाको तैनाथीको लागि प्रस्थान गर्दै थियो तर बिग्रिएपछि अहिले आइल अफ वाइट नजिकैको दक्षिणी तटीय अभ्यास क्षेत्रमा अड्किएको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!