आफूलाई पदबाट हटाउन कार्यसमितिका विद्रोही समूहलाई एनआरएनए यूकेका अध्यक्ष गाहामगरको चुनौति

SHARE:

लयडन सेप्टेम्बर १ ।

गैर आवासीय नेपाली संघ एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले आफूलाई पदबाट हटाउन कार्यसमितिका विद्रोही समूहलाई चुनौति दिएका छन् ।

असन्तुष्ट समूहले अध्यक्ष गाहामगरलाई विधिविधान र मर्यादा विपरित कार्य गरेको भन्दै कारवाहीका लागि केन्द्रमा पत्र पठाएको दुईदिनपछि बुधबार सांझ पत्रकार सम्मेलन गर्दै मगरले उक्त चुनौति दिएका हुन् । ‘म ११ हजार ३४० पञ्जीकृत सदस्यहरुले निर्वाचित गरेर अध्यक्ष बनेको हुं । म केन्द्र जस्तो टिके होइन, जनताको मन जितेर आएको व्यक्ति हुँ । ति सदस्यहरुले भन्नुहुन्छ भने म अहिलै नै पद छोड्न तयार छु । तर राजनीतिक दलबाट सञ्चालित अध्यक्ष ९कुल आचार्य० र उनका आसेपासेले मलाई हटाउने दुष्साहस नगरे हुन्छ’, उनले भने ।

पछिल्लो समय एनआरएनए यूकेभित्र फुट ल्याउँदै प्रवासमा रहेका नेपालीहरूको सर्वोच्च संस्थाको गरिमामा आँच पुरयाउने गरी अवाञ्छित क्रियाकलाप हुँदै आएका उनले बताए । बेलायतको च्यारिटीमा दर्ता भएको संस्थाको ३९ हजार पाउण्ड बढी रकम अध्यक्ष र ट्रष्टीहरुको सहमति बिनै एनआरएनए आइसीसीमा पठाइएको सम्बन्धमा छानविन भइरहेको जनाउंदै अध्यक्ष गाहामगरले दोषीलाई कानूनी कठघरामा उभ्याइने पनि बताए ।

‘गत फेब्रुअरीमा एनआरएनए यूके उपाध्यक्ष नारायण कँडेलले २४ जुलाईमा पैसा नपठाए एनसीसी बर्खास्त गर्नेसम्मको भ्रम फैलाउन भ्याए । १७ जनाको बैठकमा अध्यक्षको असहमति हुँदाहुँदै १४ जनाको हस्ताक्षर देखाएर पैसा पठाउने निर्णय भयो । अध्यक्षको सहमतिबिना जबरजस्ती ‘एमओयू’ हस्ताक्षर गरेका उपाध्यक्ष कँडेलले आफूखुसीले बनाएको पत्र हस्ताक्षर गरेर पैसा पठाएका थिए । तर, २८ अगष्टमा आईसीसीबाट एमओयू गर्न अर्को पत्र आएको छ’, विज्ञप्तिमा छ ।

अध्यक्ष प्रेम गाहामगरले वर्खास्त गरिएका महासचिव खुशी लिम्बु, एनआरएनए यूके विभाजनतिर लैजाने प्रमुख ‘सूत्रधार’ उपाध्यक्ष नारायण कंडेल र कोषाध्यक्ष विष्णु खरेललाई अदालतमा भेट्ने चेतावनी पनि दिए । कोषाध्यक्षले एकसय दिनको कार्यक्रम गर्दा भएको खर्च र बाढी पीडितका लागि नेपाल पठाइएको रु दश लाख सम्बन्धमा अध्यक्षले मनोमानी गरेको भन्ने प्रतिवेदनप्रति गाहामगरले प्रष्टीकरण दिएका थिए ।

१०० दिने उत्सव, फेब्रुअरी २०२२ मा राजदूतलाई गरेको स्वागत र अगष्टमा भएको ११ औँ साधारणसभा र संघसंस्थाको प्रतिनिधिसभा बैठकमा भएका खर्चहरु सबै बैठकमा भएका निर्णयमुताबिक रहेका पनि प्रस्ट्याइएको छ । २४ अक्टोबार २०२१ मा सचिवालयको बैठक बसी १३ जना सचिवालयमध्ये १० जना र एक जना आपतकालीन कोषको संयोजकले नेपालको बाढीपीडितका लागि नेपाली १० लाख रुपैयाँ पठाउने निर्णय भएअनुसार पठाइएको र त्यसबाट सुनसरीका ६२५ घर लाभान्वित भएका जनाइएको छ ।

गाहामगरले एनआरएनए यूकेको खाता अहिलेसम्म हेर्न पनि नपाएको र आफ्नो खातामा संस्थाको पैसा एक पेनी पनि नआओस् भन्नेतर्फ सचेत रहेको पनि बताए । उक्त पत्रकार सम्मेलनमा महासचिव नम्रता घले गुरुङले स्वागत मन्तव्य दिंदै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् । महिला संयोजक विमला लिम्बुले सञ्चालन गरेको पत्रकार सम्मेलनमा प्रवक्ता भरतमणि चोङवाङले प्रेस नोट पढेर सुनाएका थिए ।

सो अवसरमा महिला सचिव प्रमिला लाबुङ राई, युवा संयोजक तीर्थ मल्ल अनिल सहित एनआरएनए यूके सल्लाहकारहरु एवं सञ्चारकर्मीको सहभागिता थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!