बेलायतमा शनिबार हुँदै १० औं ग्रीनवीच महोत्सव

SHARE:

लन्डन ३ सेप्टेम्बर २०२२ । नेपाली युथ एसोसिएसन यूकेको आयोजनामा आज शनिबार बेलायतमा १० औं ग्रीनवीच महोत्सव हुँदै छ ।

वुल्लीच आर्टिलरी ब्यारेकको मैदानमा दशौँ ग्रीनवीच महोत्सव हुन लागेको हो । एशोसिएसन अध्यक्ष एवम् महोत्सव संयोजक लछुमन गुरुङले कार्यक्रमलाई मेलाकै रुपमा व्यापक र मनोरञ्जनात्मक बनाउन कोसिस गरिएको जानकारी दिए । उनले स्पोर्टस, म्युजिक र फुडका साथै स्थानीय नेपालीहरुबीच आत्मीयता र सद्भाव बढाउने कार्यमा पनि महोत्सव सहयोगी बन्ने अपेक्षा राखेका छन् ।

महोत्स्वको समय बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि तोकिएको छ भने महोत्सवमा प्रवेश नि:शुल्क छ । ग्रीनवीच महोत्सवको प्रमुख आकर्षण ग्रीनवीच कप फुटबल प्रतियोगिता हो । खुलातर्फ बेलायतभरका जम्मा १२ टीमबीच प्रतिस्पर्धा हुनेछ भने ४ टीम भेट्रानहरुबीच पनि मैत्रीपूर्ण प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिताको विजेतालाई ग्रीनवीचकप सँगै १५ सय पाउन्ड नगद र मेडल पुरस्कार प्रदान गरिनेछ । दोस्रो हुनेलाई ७ सय पाउन्ड नगदसहित मेडल छ । भेट्रानका विजेतालाई पनि ट्रफी र मेडल पुरस्कार दिइनेछ ।

लाइभ सांगीतिक प्रस्तुति पनि महोत्सवको अर्को आकर्षक पक्ष छ । नेपालबाट आएका लोकदोहोरी कलाकारहरु राजन कार्की, विशाल रायमाझी, अनुपा रोका र रेशम निर्दोषले प्रस्तुति दिंदैछन्।साथमा, स्थानीय दाजुभाइ ब्यान्ड र आर्केन ब्यान्डको लाइभ प्रस्तुति पनि रहनेछन् ।

महोत्सवस्थलमा बालबालिकाको लागि मनोरञ्जात्मक खेलहरुसहित ‘चिल्ड्रेन फन पार्क’ राखिएको छ। त्यस्तै, विभिन्न नेपाली खानाका स्टल तथा केही व्यापारिक र च्यारिटी स्टलहरु समेत रहनेछन् ।

महोत्सवको मुख्य स्पोन्सर साउथ इष्ट रिजनल तमुधिं छ भने पीपल मोर्गेजेज्, क्यानन्स् सेक्युरिटी र वुल्लीच आर्सनल राइडर (वार) क्लब गोल्ड स्पोन्सर हुन् । त्यस्तै, सिल्भर स्पोन्सरमा ए स्टार फाइनान्सियल सर्भिसेज्, आर्कस्टोन मेनेजमेन्ट,आरजीएनएस, जीएनसीटी, क्याप्स कन्सल्टेन्सी, पासा पुच: गुठी साउथ इष्ट्, नेपाल फुड्स, सागर गुरुङ र हरि न्यौपाने छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!