बेलायतमा ‘नेपाली कल्चरल डे’मा घन्कियो पञ्चेबाजा, गोरागोरी पनि नाचे

SHARE:

लन्डन ३ सेप्टेम्बर २०२२ । नेपाली एसोसिएसन वेल्टसायरको आयोजनामा बेलायतको स्वीन्डनवासी नेपालीहरुले कल्चर डे मनाएका छन् । यही ३ सेप्टेम्बर २०२२ शनिबार स्वीन्डनको फ़ारिङ्ग्डन पार्कमा आ-आफ्नो संस्कृति झल्कने भेषभुषामा सजिदै विभिन्न जात जातिको पहिचानलाई झल्किने गरी कल्चरल डे मनाइएको हो ।

सांस्कृतिक दिवसमा प्रमुख अतिथिको रुपमा सेक्रेटरी अफ स्टेट फर वेल्स तथा पूर्वसेक्रेटरी अफ स्टेट फोर जस्टिस श्री रोबर्ट बक्ल्यान्ड उपस्थित थिए भने मेअर अब्दुल अमिनको पनि अतिथिको रुपमा उपस्थित रहेको थियो । गत साल पहिलो पटक आयोजना गर्दा निकै उत्साहपूर्ण उपस्थिति रहेकोले यसपटक पनि धेरै जना नेपालीहरुको साथै स्थानीयहरूको पनि बाक्लो उपस्थिति रहेको नेपाली एसोसिएसन वेल्टसायरका सचिव भवानी गुरुङ बताइन् । कल्चर डे मा विभिन्नथरिका स्टलहरु राखिएको थियो ।

केटाकेटीहरु मनोरन्जनका लागि खेल्ने ठाउँहरु पनि व्यवस्था थियो । विभिन्न किसिमका गरगहनाहरु र पोशाकहरुमा सजिएर महिला दिदीबहिनीहरु नाच्न थालेपछि गोरागोरिनी पनि साथमा नाचेका थिए । पन्चेबाजा बजाउँदा स्थानीयहरु पनि खुबै रमाइलो मानेर आनन्द लिएका थिए ।

सयपत्री कल्चर ग्रुपका साना नानीहरुले अति नै राम्रो नृत्यहरु प्रदर्शन गरेको उक्त कल्चरल डे मा वेलफेयर ट्रस्टको लागि जोन पटेलले एक हजार पाउन्ड सहयोग गरेका थिए ।

नेपालको विभिन्न ठाउँमा अनाथलयहरु खोलेर सहयोग गरिरहेका डा रोजा र डा लियोनलाई सम्मान गर्दै नेपाली एसोसिएसन वेल्टसायरका अध्यक्ष ज्ञानप्रसाद गुरुङले संस्थाको तर्फबाट प्रशंसापत्र दिएका थिए । कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न भएको आयोजकको भनाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!